ब्याज आम्दानीसँगै घट्यो विजय लघुवित्तको नाफा

Feb 13, 2023 10:10 AM Merolagani



विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद ब्याज आम्दानी र खुद नाफा दुबै बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले २ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६६.७५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै लघुवित्तको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २६.७८ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २४.८० प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी २५.८० प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ६३.८० प्रतिशत घटेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २६ रुपैयाँ ६६ पैसा घटेर १३ रुपैयाँ २९ पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ७०.६५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९२ रुपैयाँ ७० पैसा रहेको छ।

३२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १७ करोड ९३ लाख रुपैयाँ सञ्चित छ। पछिल्लो ६ महिनामा लघुवित्तको निक्षेप ०.६९ प्रतिशत घटेको छ भने कर्जा ०.९६ प्रतिशत घटेको छ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।