लिलामीमा राखिएका सम्पत्ति विकाउन बैंकहरुलाई धाै धाै, आम्दानी बढ्न नसक्दा कर्जा तिर्न समस्या

Feb 22, 2023 06:16 AM Merolagani

बैंकहरुमा गैर बैंकिङ्ग सम्पत्ति बढ्दै जाँदा बैंकहरु समस्यामा परेका छन्। कर्जा नउठेपछि बैंकहरुले धितो राखिएको सम्पत्ति आफैले सकारेका छन्। तर त्यो सम्पत्ति बिक्री नहुँदा बैंकहरु समस्यामा परेका छन्।

अहिले बैंकहरुको धेरै कर्जा उठ्न सकेको छैनन्। केहि समय अघि देखि नै कर्जा असुली घटेको छ। यसले गर्दा पत्रिकाहरु लिलामीको सूचनाले भरिभराउ हुन्छन्। हरेक दिन जसो ऋणीलाई कर्जा तिर्न आउन बैंकहरुले सूचना निकालिरहेका छन्। अर्कोतर्फ आफुले सकारेका सम्पत्ति बिक्री गर्न समेत बैंकहरुले सूचना निकालिरहेका छन्।

तर कयौ पटक सूचना निकाल्दा पनि यस्ता धेरै सम्पत्तिहरु बिक्री हुन सकेको छैन। जसले गर्दा लिलामीमा सकारेका धेरै सम्पत्ति बैंक आफैले राख्नुपरेको छ।

उद्योगी व्यवसायीहरुले पनि अहिले बैंकबाट लिएको कर्जा तिर्न नसक्ने भन्दै सार्वजानिक रुपमा नै अभिब्यक्ति दिन थालेका छन्। केहि व्यवसायीले कर्जा नतिर्ने भन्दै सडक अन्दोलन नै सुरु गरेका थिए। यसले पनि बैंकिङ्ग क्षेत्रलाई समस्यामा पारेको हो। केहि दिन अघिसम्म बैंकहरुले फोटो सहित कर्जा तिर्न आउन सुचना निलिरहेका थिए। तर अहिले केन्द्रिय बैंकले ऋणीको फोटोसहितको सूचना निकाल्न भने प्रतिबन्ध लगाएको छ।

"राष्ट्र बैंकको नीतिले हामीले ६ महिना नभई सूचना नै निकाल्न पाएनौ। फोटो निकाल्दा मान्छेलाई लाज हुन्छ र तिर्छन कि भन्ने हुन्थ्यो अब त्यो पनि निकाल्न पाएनौ," एक बैंकरले भने।

कोभिडको समयमा राष्ट्र बैंकले लिएको नीतिले धेरै कर्जा नउठेपनि त्यसलाई खराव कर्जाको रुपमा गणना गर्नुपरेको थिएन। राष्ट्र बैंकले कर्जा तिर्ने अवधि थप गरिदिएकोले त्यस समयमा त्यति ठूलो समस्या देखिएको थिएन।

तर अहिले राष्ट्र बैंकले दिएको सहुलियत सकिदै गएपछि ऋणीले कर्जा तिर्न सकेका छैनन्। यसले बैंकहरुको खराब कर्जा बढ्दै गएको छ।।

कोभिडको असर अहिले देखिन थालेको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढ्ङ्गाना बताउँछन्। "कोभिड सकियो भन्ने अवस्था छैन। कोभिड पछिको असर वास्तवमा अब देखिदैछ। कोभिड मै राष्ट्र बैंकले २ वर्षसम्मको समय थप गरेको थियो त्यहि पैसा अहिले उठ्न सकेको छैन," उनले भने ।

अहिले बैंकहरुको कर्जाको ब्याजदर बढेकोले ऋणीले तिर्नुपर्ने किस्ता पनि बढेको छ। महंगो ब्याजदरको कारण अर्थतन्त्रमा नै माग कम भएको छ। यस्तो अवस्थामा उद्योग व्ययवसाय पनि पूर्ण क्षमतामा चल्न सकेका छैनन् तर बैंकलाई तिर्नुपर्ने ब्याज भने बढ्दै गएकोले धेरै कर्जाहरु उठ्न छोडेको छ।

डेढ वर्ष अघि ८ प्रतिशत ब्याजदरमा लिएको कर्जाको ब्याजदर अहिले १४-१५ प्रतिशत पुगेको छ। यसले गर्दा ऋणीले धेरै ब्याज तिर्नुपर्ने अवस्था छ त्यसअनुसार आम्दानी बढ्न नसक्दा कर्जा तिर्न सकेका छैनन्।

कर्जा तिर्न नसक्दा बैंकहरुले धितो लागि लिएकाे सम्पत्ति लिलामीमा राख्ने गरेका छन्। अहिले ती लिलामीमा राखिएका सम्पत्ति समेत विकाउन बैंकहरुलाई गाह्रो परेको छ। जसले गर्दा बैंकहरुले त्यस्ता सम्पत्ति आफैँ सकारेका छन्। अहिले ती सम्पति बिक्री गर्न नसक्दा उनीहरुको गैर बैंकिङ्ग सम्पत्ति  बढ्दै गएको छ।

अहिले बैंकहरुको खराव कर्जा औसतमा २ प्रतिशत मात्रै छ। गत वर्षको तुलनामा झण्डै दोब्बरले बढेर २ प्रतिशत माथि पुगेको हो।। अहिले बैंकहरुको खराब कर्जा २ प्रतिशत देखिए पनि यस्तो सम्पत्ति समेत जोड्ने हो भने ४ प्रतिशतभन्दा माथि खराव कर्जा पुगिसकेको बैंकरहरु बताउँछन्।

अहिले बैंकहरुको गैरबैंकिङ्ग सम्पत्ति डर लाग्दै गरी बढ्दै गएको छ। लिलामीका सम्पत्ति बिकाउनै गाह्रो छ। एक बैंकर भन्छन्, यस्तो सम्पत्ति पनि जोड्ने हो भने अहिले बैंकहरुको खराब कर्जा औसतमा ४ प्रतिशतभन्दा माथि पुगिसकेको छ। गैर बैंकिङ्ग सम्पत्ति बढ्दै गयो भने झनै धेरै समस्या हुन्छ।

कर्जा सूचना केन्द्रका अनुसार हालसम्म कुल ५७ हजार १९० जना कालोसूचीमा परेका छन्। चालु आर्थिक वर्ष लागेपछि नै करिब १७ हजार कालोसूचीमा परेका छन्। यस आर्थिक वर्षमा कालोसूचीमा पर्ने ऋणीहरुको संख्या निकै बढेको छ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।