मर्जर र लाभांश प्रस्ताव पारित गर्न साना किसान र आरएमडिसी लघुवित्तले बोलाए साधारण सभा

Mar 03, 2023 11:59 AM Merolagani

साना किसान विकास लघुवित्त वित्तीय संस्था (SKBBL) र आरएमडीसी लघुवित्त वित्तीय संस्थाले मर्जर तथा लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएका छन्।

यी दुबै लघुवित्तले चैत १० गते सभा बोलाएका हुन्। साना किसानको २१ औँ वार्षिक साधारण सभा कृषि विकास बैंकको केन्द्रिय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा बिहान ११ बजे सुरु हुनेछ भने आएमडीसीको २४ औँ वार्षिक साधारण सभा अमृतभोग, कालिकास्थान, काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ।

यी दुबै लघुवित्तको सभाले साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त एक आपसमा मर्ज हुने, १ः०.८७ शेयर स्वाप अनुपात स्वीकृत गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै, साना किसानको सभाले चुक्ता पूँजीको २६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने, सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ सञ्चालकको कार्यकाल थप गर्ने निर्णय अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

त्यस्तै, आरएमडीसी (RMDC) को सभाले हाल कायम चुक्ता पूँजीको २६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ साना किसान लघुवित्तले फागुन २८ गते बुकक्लोज गर्नेछ भने आरएमडीसी लघुवित्तले चैत १ गतेदेखि १० गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार फागुन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम साना किसानका शेयरधनी र फागुन ३० गतेसम्म नेप्सेमा कारोबार भइ कायम आरएमडीसी लघुवित्तका शेयरधनीहरुले यी लघुवित्तहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी लघुवित्तहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।