कालिञ्चोक दर्शनले बोनस शेयर वितरणपश्चात हकप्रद जारी गर्ने, बोलायो साधारण सभा

Dec 07, 2025 10:26 AM Merolagani



कालिञ्चोक दर्शन लिमिटेड (KDL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई विरतण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

कम्पनीले पुस १५ गते, मंगलबार, बद्रीनाथ होटल, गौशाला, काठमाडौँमा ११ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा दिउँसो साढे ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिले गरेका निर्णयहरु अनुमोदन गर्ने, सञ्चालक नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।




कुन कम्पनीकाे लाभांश पच्याे? कसको पच्न बाँकी ? यस्तो देखियो तथ्याङ्कमा (सूचीसहित)

Dec 05, 2025 06:07 AM

सुवास निरौला

कम्पनी स्थापना गर्दा किनेको संस्थापक शेयर होस् अथवा प्राथमिक बजारमा किनेको आईपीओ अनि दोस्रो बजार मार्फत शेयर किन्नुको प्रमुख प्रमुख उद्देश्य भनेको नाफा गर्नु नै हो।