Thu, Mar 26, 2026
नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । संघीय संसद भवनको ल्होत्से हलमा विहान १० बजेबाट मतदान सुरु भएको हो । नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले पहिलो मत खसालेका छन ।
उनी ९ दलीय गठबन्धनबाट साझा उम्मेदवार बनेका हुन् । त्यस्तै नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । मतदान समय दिउँसो ३ बजेसम्म रहेको छ ।
संसदीय अंकगणीतको आधारमा आठदलिय गठबन्धनका तर्फका उम्मेद्वार रामचन्द्र पोडेलको जित सुनिश्चित जस्तै छ ।
राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।