नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु, दुबै उम्मेद्वारले खसाले मत

Mar 09, 2023 11:23 AM Merolagani



नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । संघीय संसद भवनको ल्होत्से हलमा विहान १० बजेबाट मतदान सुरु भएको हो । नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले पहिलो मत खसालेका छन ।

उनी ९ दलीय गठबन्धनबाट साझा उम्मेदवार बनेका हुन् । त्यस्तै नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । मतदान समय दिउँसो ३ बजेसम्म रहेको छ ।

संसदीय अंकगणीतको आधारमा आठदलिय गठबन्धनका तर्फका उम्मेद्वार रामचन्द्र पोडेलको जित सुनिश्चित जस्तै छ ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।