आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट, भाग्यमानी ५ जनाले पाए ११ कित्ताका दरले शेयर

Mar 12, 2023 10:04 AM Merolagani



फागुन २८ गते, आइतबार आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा लघुवित्तको आईपीओ बाँडफाँट भएको हो।

लघुवित्तले सर्वसाधारणका लागि फागुन ११ गतेदेखि १५ गतेसम्म प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ६९ हजार ७६५ कित्ता साधारण शेयर निष्काशन गरेको थियो। सो शेयरमा कुल १५ लाख ३८ हजार ४६६ जनाले आवेदन दिएका थिए। जसमध्ये १५ लाख ३६ हजार २६३ आवेदन स्वीकृत भएको छ भने २ हजार २०३ आवेदन रद्द भएको छ।

मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमद्वारा न्यूनतम १० कित्ताका दरले लघुवित्तको आईपीओ बाँडफाँट गरिएको हो। जस अनुसार १६ हजार ९७६ जनाले १० कित्ताका दरले लघुवित्तको शेयर प्राप्त गरेका छन्। जसमध्ये भाग्यमानी ५ जनाले भने लघुवित्तको थप १ कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।