आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट, भाग्यमानी ५ जनाले पाए ११ कित्ताका दरले शेयर

Mar 12, 2023 10:04 AM Merolagani



फागुन २८ गते, आइतबार आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा लघुवित्तको आईपीओ बाँडफाँट भएको हो।

लघुवित्तले सर्वसाधारणका लागि फागुन ११ गतेदेखि १५ गतेसम्म प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ६९ हजार ७६५ कित्ता साधारण शेयर निष्काशन गरेको थियो। सो शेयरमा कुल १५ लाख ३८ हजार ४६६ जनाले आवेदन दिएका थिए। जसमध्ये १५ लाख ३६ हजार २६३ आवेदन स्वीकृत भएको छ भने २ हजार २०३ आवेदन रद्द भएको छ।

मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमद्वारा न्यूनतम १० कित्ताका दरले लघुवित्तको आईपीओ बाँडफाँट गरिएको हो। जस अनुसार १६ हजार ९७६ जनाले १० कित्ताका दरले लघुवित्तको शेयर प्राप्त गरेका छन्। जसमध्ये भाग्यमानी ५ जनाले भने लघुवित्तको थप १ कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।