कालिञ्चोक हाईड्रोपावरको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड नियुक्त

Mar 13, 2023 05:14 PM Merolagani



कालिञ्चोक हाईड्रोपावर लिमिटेड(KHPL) र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड(RBBML)बीच आईपीओ निष्काशन तथा बिक्री प्रबन्धककोलागि सम्झौता भएकाे छ । दोलखाको बिगु गाउँपालिका वडा नं. ८ मा निर्माणधीन ५ मेगावाट क्षमताको कालिञ्चोक हाईड्रोपावरको ६ लाख कित्ता साधारण शेयर निष्काशन गर्नकोलागि फागुन २९ गते सम्झाैता भएकाे हाे ।

सर्वसाधारणमा जारी गर्नको लागि प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरिएकाे हाे ।

सो सम्झौता - पत्रमा कालिञ्चोक हाईड्रोपावरका कालिञ्चोक हाईड्रोपावरका अध्यक्ष ईन्दिरा पन्त र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन् । आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड राष्ट्रिय वाणिज्य बैंकको पुर्ण स्वामित्वमा संचालित संस्था हो ।

 




comments powered by Disqus

अझै पनि मर्जरको तयारीमा छन् यी बैंकहरु, तीन बैंकले पारित गरे मर्जरको एजेन्डा, अर्को एक बैंकको विशेष प्रस्ताव पनि मर्जर नै

Dec 31, 2024 10:59 AM

बाबुकृष्ण महर्जन
३२ वटाको संख्यामा रहेका वाणिज्य बैंकहरु २० वटामा झरिसकेका छन । गत वर्ष बिग मर्जरमा सहभागी नभएका वाणिज्य बैंकहरु अझै पनि सही पार्टनर भेटेमा बिग मर्जर गर्ने तयारीमा लागेका छन् । बिग मर्जर गरिसकेका बैंक पनि सही पार्टनर भेटिएमा मर्जर गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराएका छन् ।