बैंक तथा वित्तीय संस्थाहरुले घटाए ब्याजदर

Mar 14, 2023 06:43 AM Merolagani



बैंक तथा वित्तीय संस्थाहरुले चैत महिनाका लागि ब्याजदर घटाएका छन्। फागुनको अन्तिम दिन बैंक तथा वित्तीय संस्थाहरुले प्रकाशित गरेको सूचना अनुसार यस्तो देखिएको हो।

वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर स्थिर राखी साधारण बचत तथा कल निक्षेपको ब्याजदर घटाएका छन्। मुद्दति निक्षेपमा अधिकतम ११ प्रतिशत ब्याजदर दिइरहेका वाणिज्य बैंकहरुले कचतको ब्याजदर ०.४२ प्रतिशत विन्दु घटाएका हुन्। वाणिज्य बैंकहरुको साधारण बचतको ब्याजदर ६ देखि ८ प्रतिशतका बिच छ। त्यसैगरी, कल निक्षेपको ब्याजदर भने ३ प्रतिशतमा झारेका छन्।

वाणिज्य बैंकहरुले गत बिहीबार बसेको नेपाल बैंकर्स संघको निर्णय अनुसार ब्याजदर घटाएका हुन्।

विकास बैंकहरुले भने मुद्दती निक्षेपमा पनि ब्याजदर घटाएका छन्। फागुन महिनासम्ममा मुद्दती निक्षेपमा ११.७५ प्रतिशत ब्याज दिँदै आएका विकास बैंकहरुले अहिले १ वर्षभन्दा माथिको मुद्दती निक्षेपको ब्याजदर ०.१५ प्रतिशतविन्दु घटाएका छन्। यस्तो मुद्दतीमा अधिकांश विकास बैंकहरुको अधिकतम ब्याजदर ११.६० प्रतिशतमा झरेको छ। त्यस्तै, एक वर्षभन्दा कम अवधिको मुद्दती निक्षेपको ब्याजदर ०.२५ प्रतिशत विन्दु घटेर ११.५० प्रतिशतमा झरेका छन्। विकास बैंकहरुको बचतको ब्याजदर ०.१५ प्रतिशतविन्दु घटेर ६.६ प्रतिशतदेखि ८.६ प्रतिशतसम्म पुगेको छ।

त्यस्तै, फाइनान्स कम्पनीहरुले १ वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपको ब्याजदर ०.२० प्रतिशतविन्दु घटाएका छन् भने सोभन्दा कम अवधिको मुद्दती निक्षेपको ब्याजदर ०.१५ प्रतिशतविन्दुले घटाएका छन्। फागुनसम्म अधिकतममा १२.२० प्रतिशत ब्याज दिँदै आएका अधिकांश फाइनान्सहरुले अब १२ प्रतिशत ब्याज दिने भएका छन्।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।