भारतको सबैभन्दा महँगो स्टक, जसको अलटाइम हाइ मूल्य करिब १ लाख

Mar 14, 2023 06:52 PM Merolagani



के कुनै कम्पनीको एक कित्ता शेयरको मूल्य १ लाखसम्म हुन सक्छ? सुन्दा अचम्म लाग्न सक्छ, तर भारतको सबैभन्दा महँगो शेयर भएको कम्पनीको मूल्य गत वर्ष करिब १ लाख रुपियाँ पुगेको थियो।

एमआरएफ यस्तो कम्पनी हो जसको शेयरको मूल्य गत वर्ष ९६ हजार रुपियाँ पुगेको थियो।

भारतको नेशनल स्टक एक्सचेञ्ज (एनएसई) मा उपलब्ध जानकारी अनुसार, एमआरएफ (मद्रास रबर फ्याक्ट्री) को शेयर, नोभेम्बर २०२२ मा ९६ हजार को हाई बनाएको थियो। यद्यपि, हाल कम्पनीको शेयरको मूल्य ८३ हजार रुपियाँको हाराहारीमा छ।

एमआरएफको शेयर मूल्य भारतमा बिएसई वा एनएसईमा सूचीकृत सबै कम्पनीहरुमध्ये सबैभन्दा धेरै छ। यस स्टकको लाइफटाइम हाई मुल्य ९८ हजार ५९९ रुपियाँ रहेको छ।

एमआरएफको शेयर अप्रिल १९९३ मा बजारमा आएको थियो। त्यसबेला आइपीओमा शेयरको मूल्य १० रुपियाँ थियो भने क्लोजिङ ११ रुपियाँमा भएको थियो। तर पछिल्लो ३० वर्षमा कम्पनीको शेयरमूल्य ९८ हजारको स्तरसम्म पुगेको छ।

धेरै ठूला कम्पनीको हकमा यस्तो हुँदैन तर एमआरएफको शेयरमूल्य किन यति धेरै बढ्यो भन्ने प्रश्न पनि उठेका छन्। कारण, एमआरएफले कहिल्यै आफ्नो स्टक विभाजित गरेको छैन। तरलता कायम राख्न, कम्पनीहरूले समय समयमा आफ्नो स्टक विभाजित गर्छन्। तर एमआरएफले कहिले पनि स्टक स्प्लिट वा बोनस शेयर जारी गर्न बाटो रोगेको छैन।

एमआरएफ एक भारतीय बहुराष्ट्रिय कम्पनी हो जसले अटोमोबाइल र मोटरसाइकलका लागि टायर, कन्भेयर बेल्ट र पेन्ट सहित रबर उत्पादनहरूको विस्तृत श्रृंखला उत्पादन र बिक्री गर्छ। कम्पनी १९४६ मा स्थापित भएको थियो र यसको प्रमुख कार्यालय चेन्नई, भारतमा छ।
(अनुवादित)




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।