सम्झौतामा एनआईबिएल एस क्यापिटल लिमिटेडका नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गाना तथा सिंकोस हाइड्रोपावर कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक सुर्यप्रसाद अधिकारीले हस्ताक्षर गरेका छन् । उक्त समारोहमा एनआईबिएल एस क्यापिटलका संस्थागत परामर्श प्रमुख भुवन राज पन्तको पनि उपस्थिती थियो ।
सिंकोस हाइड्रोपावर नेपालमा स्वच्छ र नवीकरणीय ऊर्जा उपलब्ध गराउने लक्ष्य सहित सिंकोस खाेला जलविद्युत आयोजना सञ्चालन गर्दैछ । यस आयोजनाको क्षमता ३.४५ मेगावाट रहेको छ । यस कम्पनी प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा परिणत भएर सर्वसाधणरको लागि सार्वजनिक निष्काशन गर्ने तयारीका कार्यहरु गरी रहेको छ ।
उक्त सम्झौता अन्तगर्त एनआइबिएलएस क्यापिटलले सिंकोस हाइड्रोपावर कम्पनीलाई सर्वसाधारण शेयर निष्काशन पूर्व र निष्काशनको अवधिमा संस्थागत परामर्श सेवा मार्फत व्यवसायिक योजना बनाउन, पूँजी संकलन गर्न, ऋण व्यवस्थापनमा वित्तिय संस्था र व्यवसायीबिच मध्यस्थता गर्न र अन्य व्यवसायिक जटिलताहरुमा उचित परामर्श सेवा प्रदान गर्नेछ । पहिलो चरणमा कम्पनीले गर्नुपर्ने पूर्व तयारी सम्बन्धी सम्पूर्ण कार्यहरुमा मध्यस्त तथा परामर्श सेवा प्रदान गर्नेछ भने सर्वसाधारणमा सेयर निष्काशन गर्ने शिलशिलामा निष्काशन तथा बिक्री प्रबन्धन सम्बन्धी सम्पूर्ण आवश्यक सेवाहरु समेत प्रदान गर्नेछ।