सबैभन्दा पहिले ब्लु जिन्स बनाएको लिवाइस, कसरी बन्यो विश्व प्रसिद्ध?

Mar 15, 2023 06:11 PM Merolagani

तपाईंले लिवाइसको नाम सुन्नु भएको होला र यो कम्पनीको जीन्स धेरै लगाउनुभएको पनि होला। तर के तपाईंलाई थाहा छ कि लिवाइस एउटा यस्तो कम्पनी हो जसले विश्वमा पहिलो पटक ब्लू जीन्स बनाएको थियो?

निलो जिन्सले दशकौंदेखि विश्व बजारमा राज गर्दै आएको छ। यो सबै वर्गका मानिसहरू माझ लोकप्रिय छ। विश्वका अधिकांश देशमा निलो जिन्सलाई आरामदायी पोशाकको रूपमा मन पराइन्छ। यसको लोकप्रियता ठूला सहरदेखि गाउँसम्म छ।

लिवाइस संसारको सबैभन्दा प्रसिद्ध अमेरिकी कपडा ब्रान्ड हो। यसको व्यापार ६ अर्ब डलरभन्दा बढी पुगेको छ। विश्वमा पहिलो पटक निलो जिन्स बनाउने श्रेय यो कम्पनीलाई जान्छ। कम्पनीको पूरा नाम लिवाइ स्ट्राउस एण्ड कम्पनी हो जसलाई लिवाइस भनिन्छ। कम्पनीका संस्थापक, लिवाइ स्ट्राउस, जर्मनीका निवासी थिए, जसले यस कम्पनीलाई सन् १८५३ मा सन फ्रान्सिस्को, क्यालिफोर्नियामा स्थापना गरेका थिए।

कसरी भयो सुरुवात?

लिवाइस कम्पनीका संस्थापक लिवाइको जन्म २६ फेब्रुअरी, १८२९ मा जर्मनीमा भएको थियो। सन् १८४७ मा, उनी आफ्नो आमासँग अमेरिका गए, जहाँ उनका भाइहरू पहिले नै बसिरहेका थिए। लिवाइका भाइको न्यूयोर्क शहरमा राम्रो व्यापार थियो। लिवाइले पहिले आफ्नो भाइलाई आफ्नो व्यवसायमा मद्दत गरे र त्यसपछि आफ्नै व्यवसाय सुरु गरे।

लिवाइले पहिले आफ्नै नाममा थोक व्यापार सुरु गरे। भाइको पसलबाट कच्चा पदार्थ ल्याएर नयाँ ग्राहकमाझ बेच्ने गर्थे। यी वस्तुहरूमा विभिन्न प्रकारका पोशाक र घर सजावटका सामानहरू पनि थिए। सोही समयमा, लिवाइले पहिले टेन्ट र त्यसपछि निलो जिन्स बनाउने योजना बनाए।

कहिले आयो टर्निङ प्वाइन्ट?

एक दिन लिवाइको जीवनमा एउटा ठूलो मोड आयो जब उनले आफ्नो पहिलो ग्राहकको बारेमा नयाँ जानकारी पाए। लिवाइले थाहा पाए कि उनका ग्राहक, ज्याकब डब्लु डेभिसले डेनिम प्यान्ट बनाउछन्। लिवाइले ज्याकबसँग मिलेर ब्लू डेनिम जीन्स नामक नयाँ उत्पादन निर्माण गरे।

लिवाइस ब्रान्ड कसरी लोकप्रिय भयो?

सन् १९२० सम्ममा निलो जीन्स निकै लोकप्रिय भयो। पुरुषसँगै महिलाले पनि लगाउन थाले। यो पोशाक अमेरिका भर प्रसिद्ध भयो। सो लुगा लगाउनेहरूले यसलाई धेरै सहज पाए। विशेष कुरा यो हो कि यो धेरै दिन सम्म लगाउन सकिन्छ। त्यसकारण पनि मानिसहरूले यसलाई धेरै सहज महसुस गरे।

दोस्रो विश्वयुद्धको समयमा निलो जिन्स सबैभन्दा उपयोगी साबित भयो। सुरक्षाकर्मीका लागि जिन्स अनिवार्य गरिएको थियो। किनकी यो लगाएपछि दौडन निकै सजिलो थियो। फुर्ती कायम रहन्थ्यो। र यही कारण हो कि निलो जिन्स १९५० र १९८० का बीच युवाहरूको मनपर्ने पोशाक बन्यो।

सन् २०१९ मा विश्वका धेरै सहरमा पुग्यो

अमेरिका, बेलायत र अन्य पश्चिमी देशहरूमा लोकप्रियता हासिल गरेपछि, लिवाइसको कपडा विश्वका धेरै विकासशील देशहरूको बजारमा पनि पुग्यो। उदाहरणका लागि, लिवाइस ब्रान्ड सस्तो र उपयोगी भएकोले भारत, श्रीलंका, भियतनाम र इन्डोनेसियामा धेरै लोकप्रिय भयो। यसका उत्पादन गाउँगाउँसम्म पुग्यो। सन् २०२२ मा कम्पनीको कारोबार ६.१६९ बिलियन डलर पुगेको थियो।

(अनुवादित)

comments powered by Disqus

हिमालयन डिष्टिलरीको लाभांश घोषणा, साधारण सभा कहिले?

Dec 04, 2023 09:57 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।