कुनै समयमा टाट पल्टिन लागेको संसारको सबैभन्दा ठूलो फिल्म स्टुडियो मार्वल, यसरी बदलियो परिस्थिति

Sep 11, 2023 11:07 AM Merolagani

मार्वल विश्वको सबैभन्दा ठूलो स्टुडियो हो जसले विश्वलाई आइरन म्यान, क्याप्टेन अमेरिका र ब्ल्याक प्यान्थर जस्ता सुपरहीरोहरू प्रदान गरेको छ। सुपरहीरोहरूको सबैभन्दा ठूलो फ्रान्चाइज यो स्टुडियोसँग छ।

मार्वल कमिक्सबाट सुरु भएको थियो। यसको जग सन् १९३९ मा मार्टिन गुडम्यानले राखेका थिए। ८ दशकको यात्रामा मार्वल स्टुडियोले खराब समय पनि देख्यो। एक समय यस्तो आएको थियो जब स्टुडियो टाट पल्टिने अवस्थामा पुगेको थियो। आफ्नो खराब समय देखेपछि, मार्वलले फेरि सफलताको उडान भर्यो।

जब क्याप्टेन अमेरिका पहिलो पटक आयो

मार्वलले सन् १९४१ मा क्याप्टेन अमेरिकाको क्यारेक्टरबाट कमिक्स सुरु गरेको थियो। कमिक्स पोस्टरमा क्याप्टेन अमेरिका हिटलरलाई मुक्का मारिरहेको देखाइएको थियो। यो धेरै मन पराइयो। कम्पनीका मालिक गुडम्यानले एकपछि अर्को पात्रहरू प्रस्तुत गर्दै गए, तर कमिक्सको मामिलामा प्रतिस्पर्धा पनि बढ्दै गयो।

१९६० मा, मार्वलको टाइमली कमिक्सको प्रत्यक्ष प्रतिस्पर्धा डीसी कमिक्ससँग थियो। मार्वलले डीसी कमिक्सलाई पछि पार्न स्पाइडरम्यान र फ्यान्टास्टिक फोर जस्ता क्यारेक्टरहरू प्रस्तुत गरे। १९६३ मा, यसको टाइमली कमिक्सलाई मार्वल कमिक्सको नाम दिने निर्णय गरियो र कम्पनीको नाममा यसको ब्रान्डिङ सुरु भयो।

टिभी सिरियल र फिल्मको युग सुरु भयो

सन् १९७३ मा एउटा ठूलो निर्णय लिँदै गुडम्यानले मार्बल इन्टरटेनमेन्ट ग्रुपको सुरु गरेका थिए। यस समूह अन्तर्गत टिभी शृंखला र चलचित्र निर्माण सुरु भएको हो। मार्वल इन्टरटेनमेन्टले पनि आफ्नो यात्रामा खराब अवस्थाको सामना गर्नु परेको थियो। सो समयमा कम्पनी तात पल्टिने अवस्थासम्म पुगेको थियो। सन् १९८९ मा न्यू वर्ल्ड इन्टरटेनमेन्ट लिमिटेडले ६७० करोड भारतिय रुपियाँमा मार्वललाई किन्यो। त्यसको २ वर्षपछि कम्पनी शेयर बजारमा प्रवेश गर्यो तर, कम्पनीले व्यापार सम्झौताका कारण थप घाटा बेहोर्नु परेको थियो।

वित्तीय संकटको समयमा, कम्पनीले ट्वान्टीथ सेञ्चुरी फक्सलाई एक्स म्यान र फेन्टास्टिक फोरको राइट्स बेच्यो। त्यसैगरी, कम्पनीले स्पाइडरम्यानको राइट्स सोनीलाई बेच्यो। बोर्डका सदस्यहरूबीच कानूनी विवाद भयो। करिब एक दशकपछि सुधार हुन थाल्यो। १९९८ मा, टोय ब्रिजले मार्वललाई खरिद गर्यो र आफ्नो कम्पनी ब्रिज ग्रुप र मार्वल इन्टरटेन्मेन्टको मर्जर गर्यो। मर्जरपश्चात पनि बोर्डका सदस्यहरूबीच कानुनी लडाई जारी थियो।

सन् २००९ को अन्त्यमा वाल्ट डिज्नीले ३ खर्ब २० अर्ब रुपियाँमा मार्वल किन्यो। यो निर्णय डिज्नीका लागि निकै फाइदाजनक सावित भयो किनभने सम्झौताको केबल १३ वर्षमा मार्बलले डिज्नीलाई ६ गुणा बढी नाफा दिलाउन सफल भयो। हालसम्म डिज्नीले मार्वल मार्फत २०० खर्ब रुपियाँ नाफा कमाइसकेको छ। यति मात्र होइन, मार्वलका कारण डिज्नीको अनलाइन ओटीटी प्लेटफर्म हटस्टारमा एक करोड नयाँ प्रयोगकर्ता थपिएका छन् ।

एक समयमा माइकल ज्याक्सन किन्न चाहन्थे मार्वल

१९८४ मा, मार्वल आफ्नो शिखरमा थियो र यसले डीसी कमिक्स किन्ने प्रस्ताव गरेको थियो। सम्झौता पनि लगभग फाइनल भइसकेको थियो तर केही कारणले सम्झौता सफल हुन सकेन। ९० को दशकमा, यसको कमिक्सले यति धेरै लोकप्रियता हासिल गर्न थाल्यो कि पपस्टार माइकल ज्याक्सनले मार्वल किन्न प्रयास गरेका थिए, तर सफल भने हुन सकेनन्।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।