कुनै समय क्रिम–टूथपेस्ट बनाउने दक्षिण कोरियाली कम्पनी एलजीको कथा

Nov 13, 2023 06:09 PM Merolagani

घरेलु उपकरणका लागि चर्चित दक्षिण कोरियाली कम्पनी एलजीले प्रारम्भिक चरणमा त्यस्ता उपकरणको व्यापार नगरेको कुरा थोरैलाई थाहा छ।

त्यतिबेला यसको नाम र कार्य दुवै फरक थियो। प्रारम्भिक चरणमा यसको काम साबुन र टूथपेस्ट बनाउने थियो। यो कम्पनी गोल्डस्टार नामबाट परिचित थियो। ६ दशकअघि सुरु भएको यो दक्षिण कोरियाली कम्पनीले बिस्तारै इलेक्ट्रोनिक वस्तु बनाउन थाल्यो। त्यसपछि यो औषधि उत्पादनको क्षेत्रमा अगाडि बढ्यो र अब ईभी ब्याट्री बनाउने तयारीमा छ।

हाल एलजीको मार्केट क्याप १३ ट्रिलियन डलर छ। क्रिम टुथपेस्टबाट व्यवसाय सुरु गरेको यस कम्पनीको अहिलेसम्मको यात्रा कस्तो रह्यो त?

क्रीमदेखि सोलार प्यानलसम्म

आधिकारिक रूपमा, एलजी दक्षिण कोरियाली व्यापारी कू इन ह्यो द्वारा १९५८ मा सुरु गरिएको थियो। तर उनले १९४७ मा लकी केमिकल्स नामको कम्पनी खोलेका थिए, जसले त्यो समयमा क्रिम उत्पादन गर्दथ्यो। कोरियाको पहिलो क्रिम यही कम्पनीमा उत्पादन भएको थियो। कम्पनीले सन् १९५५ मा टुथपेस्ट पनि बिक्री गर्न सुरु गरेको थियो। यस पछि, १९५८ मा, आधिकारिक रूपमा यी सबै सामान बेच्न एक कम्पनी स्थापना गरियो जसको नाम गोल्ड स्टार राखिएको थियो।

कम्पनीले विस्तारै इलेक्ट्रोनिक्सको क्षेत्रमा उत्पादन गर्न सुरु गर्यो। कम्पनीले सन् १९५९ मा पहिलो कोरियाली रेडियो र १९७७ मा १९ इन्चको रंगीन टिभी बनाउन सुरु गरियो। त्यसपछि एकपछि अर्को विद्युतीय सामान बनाउन थाल्यो। कम्पनीले आफ्ना मोबाइल पनि बजारमा ल्यायो। व्यवसायको निरन्तर विस्तार र समयसापेक्ष परिवर्तन ल्याउनु कम्पनीको मूल मन्त्र रहेको छ। यही कारणले गर्दा गोल्डस्टारको नामबाट सुरु भएको कम्पनीले आफ्नो लक्ष्यलाई ध्यानमा राख्दै सन् १९९५ मा नाम परिवर्तन गरी एलजी राखियो। जसको अर्थ ‘लाइफ इज गुड’ हो।

सन् २००३ मा, कम्पनी औषधीको क्षेत्रमा प्रवेश गर्यो। कम्पनीले अमेरिकी एफडीएबाट अनुमति लिएर औषधि उत्पादन सुरु गरेको हो। कम्पनी विस्तारै विस्तार हुँदै गयो। सन् २००९ मा, यो कम्पनी संसारको सबैभन्दा ठूलो एलसीडी प्यानल उत्पादन गर्ने कम्पनी बन्यो। २००३ मा, एलजी समूहको कम्पनी एलजी लाइफ साइन्सेसको एउटा औषधिले पहिलो पटक एफडीएबाट स्वीकृति प्राप्त गर्यो।

अब ईभी ब्याट्री बनाउने तयारी

विश्वमा देखिएका परिवर्तन अनुसार आफूलाई परिवर्तन गर्न कम्पनी फेरि तयार छ। जलवायु परिवर्तन र ग्लोबल वार्मिङको बढ्दो प्रभावलाई ध्यानमा राख्दै एलजीले अब विद्युतीय सवारी साधनको ब्याट्री बनाउने तयारी गरेको छ। आफ्नो वृद्धि कायम राख्न कम्पनीले २०२१ देखि मोबाइल उत्पादन बन्द गर्ने र अर्को नयाँ क्षेत्रमा प्रवेश गर्ने निर्णय गरेको थियो। हाल एलजी कर्पोरेसनमा इलेक्ट्रोनिक्स, केमिकल, टेलिकम सेवा, घरेलु उपकरण, एयर सोलुसन्स र होम एन्टरटेन्मेन्ट सम्बन्धी उत्पादनहरू उत्पादन गर्ने ३० कम्पनीहरू छन्।

वर्षौंको मिहिनेतपछि भारतमा प्रवेश

एलजीले भारतमा कारोबार गर्न धेरै पटक प्रयास गरेको थियो, तर अनुमति पाउन सकको थिएन। भारतमा एलजीको सुरुवात चुनौतीहरूले भरिएको थियो। किनभने भारत सरकारले विदेशी कम्पनीको स्वतन्त्र उत्पादनमा प्रतिबन्ध लगाएको थियो। यही कारणले गर्दा एलजीलाई सन् १९८६ देखि १९९६ सम्म भारतमा व्यापार गर्न दिइएको थिएन।

सन् १९९७ मा, एलजीलाई अन्ततः भारत सरकारले हरियो संकेत दियो र कम्पनीले भारतीय बजारमा आफ्ना उत्पादनहरू लन्च गर्यो। भारतीयहरूले यसका उत्पादनलाई यति धेरै मन पराए कि पहिलो वर्षमा नै कम्पनीले ३३.९७ मिलियन डलर राजस्व कमाएको थियो। २०१६ मा, एलजीले सबैभन्दा आकर्षक ब्रान्डको अवार्ड प्राप्त गर्न सफल भयो।

(अनुवादित)

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।