प्रि ओपन सेसन अपडेटः ८ स्टकको मूल्य बढ्यो

Mar 16, 2023 10:54 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक स्थिर रहेको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार १४.४४ अंक घटेर १९३८.६२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा स्थिर रहेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि स्थिर रहेको छ।

बिहीबार प्रि ओपन सेसनमा १० स्टकको ६ लाख ७९० रुपैयाँ बराबरको १ हजार ६३२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ८ वटा स्टकको मूल्य बढेको छ भने २ स्टकको मूल्य घटेको छ।