पेट्रोलमा ८६ पैसा र डिजेलमा १ रुपैयाँ ७४ पैसा घटेर आयो नयाँ मूल्य सूची

Mar 16, 2023 03:39 PM MeroLagani



भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल र डिजेलको मूल्य घटेर आएको छ । निगमका अनुसार पेट्रोलमा ८६ पैसा र डिजेलमा १ रुपैयाँ ७४ पैसा घटेर आएको छ ।

अमेरिकामा गत हप्ता दुई वटा बैंक टाट पल्टेपछि त्यसको असर कच्चा तेल मूल्यमा परिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बिहीबार प्रति ब्यारेल ६८ डलरसम्म कारोबार भयो । गएको दिनदेखि लगातार कच्चा तेलको मूल्य घटेर कारोबार भइरहेको छ ।

गएको दुई दिनदेखि केही घटेर कारोबार भए पनि आइओसीले पछिल्लो १५ दिनको कारोबारको औसत मूल्यलाई आधार मानेर नेपाललाई मूल्य सूची पठाउने गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । ‘क्रुड आयलको मूल्य घट्नु् नेपाललाई फाइदाको विषय हो । यही दरमा कारोबार भइरहेमा आगामी मूल्य सूची आउँदा फराकिलो अंकले घटेर आउन सक्छ ।’–उनले भने ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।