पेट्रोलमा ८६ पैसा र डिजेलमा १ रुपैयाँ ७४ पैसा घटेर आयो नयाँ मूल्य सूची

Mar 16, 2023 03:39 PM MeroLagani



भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल र डिजेलको मूल्य घटेर आएको छ । निगमका अनुसार पेट्रोलमा ८६ पैसा र डिजेलमा १ रुपैयाँ ७४ पैसा घटेर आएको छ ।

अमेरिकामा गत हप्ता दुई वटा बैंक टाट पल्टेपछि त्यसको असर कच्चा तेल मूल्यमा परिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बिहीबार प्रति ब्यारेल ६८ डलरसम्म कारोबार भयो । गएको दिनदेखि लगातार कच्चा तेलको मूल्य घटेर कारोबार भइरहेको छ ।

गएको दुई दिनदेखि केही घटेर कारोबार भए पनि आइओसीले पछिल्लो १५ दिनको कारोबारको औसत मूल्यलाई आधार मानेर नेपाललाई मूल्य सूची पठाउने गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । ‘क्रुड आयलको मूल्य घट्नु् नेपाललाई फाइदाको विषय हो । यही दरमा कारोबार भइरहेमा आगामी मूल्य सूची आउँदा फराकिलो अंकले घटेर आउन सक्छ ।’–उनले भने ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।