चाैतर्फी आक्रमणमा लघुवित्त, १५ काराेबार दिनमा यसरी लाग्याे ओरालाे

Mar 18, 2023 06:35 PM Merolagani

पछिल्लो समय लघुवित्त कम्पनीहरु समस्यामा छन् । कर्जा असुलीमा ज्यादती गरेको भन्दै ऋणीहरु आन्दोलित हुँदा लघुवित्त कम्पनीहरुमा समस्या देखिन थालेको हो ।

विगत केही महिनादेखि ऋणीहरुले लघुवित्त संस्था विरुद्धको संघर्ष समिति नै बनाएर दबाव सिर्जना गर्दै आएका छन् । लघुवित्त कम्पनीहरुको चर्को ब्याजदर,झन्झटिलो किस्ता भुक्तानी प्रक्रिया लगाएता विषयमा ऋणीहरूले गरेको आन्दोलनको प्रभाव दोस्रो बजारमा समेत नराम्रोसँग परेको छ ।

नेपाल राष्ट्र बैंकले फागुन १० गते लघुवित्त कम्पनीले घोषणा गर्ने लाभांशमा कडाई गर्दै निर्देशिका जारी गर्यो । उक्त निर्देशिका अनुसार लघुवित्त कम्पनीहरुले वार्षिक १५ प्रतिशतसम्म मात्रै बोनस वा नगद लाभांश प्रस्ताव गर्न पाउने व्यवस्था गर्यो । बजार निरन्तर घटेको बेला राष्ट्र बैंकले लघुवित्तलाई थप कडाई गर्ने नीतिले यस समूहको सूचकलाई थप मर्कामा परेको हो ।

विगत लामो समयदेखि नेप्से सूचकमा आएको गिरावटले लघुवित्त समूहको सूचकमा समेत नराम्रोसँग असर गरेको थियो । राष्ट्र बैंकले निर्देशिका जारी गरेको दोस्रो दिन अर्थात फागुन ११ (फेब्रुअरी २३)मा लघुवित्त कम्पनीका अंधिकाश शेयर सर्किट लेभलमा कारोबार भएको थियो । साे दिन ७३ करोड रुपैयाँ बराबरको लघुवित्त कम्पनीको कारोबार भएको थियो ।

१६ कारोबार दिनमा लघुवित्त समूह १७.२९ प्रतिशतले झरेको छ । फागुन १० गते बुधबार लघुवित्त समूह चार हजार ३१९.०४ को विन्दुमा बन्द भएको थियो भने २६ करोड रुपैयाँ बराबराबरको कारोबार भएको थियो । गत बिहीबारको लघुवित्त समूहको सूचक तीन हजार ५७२.१५को विन्दुमा बन्द भएको  छ । लघुवित्त समूहको सूचकसँगै कारोबार रकममा समेत भारी गिरावट आएको छ । गत बिहीबारको बजारमा लघुवित्त समूहको ९ करोड रुपैयाँको मात्रै शेयर खरिद बिक्री भएको छ । निरन्त नेप्से सूचकसँगै लघुवित्तको सूचकमा समेत ह्रास आउदा लघुवित्त कम्पनीको शेयर न्यून मूल्यमा झरेको छ । सोही कारण लघुवित्त समूहको शेयर कारोबार रकममा संकुचन आएको  छ ।

 

राष्ट्र बैंकले १५ प्रतिशतभन्दा माथि लाभांश प्रस्ताव गरेमा प्रस्तावित लाभांश ५० प्रतिशतले हुन आउने रकम साधारण जगेडा कोषणमा जम्मा गर्नुपर्ने व्यवस्था छ ।

लघुवित्तले १५ प्रतिशतभन्दा बढी लाभांश प्रस्ताव गरेमा १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ३५ प्रतिशतले हुने रकम ग्राहक संरक्षण कोषमा जम्मा गर्नुपर्नेछ । त्यसैगरी १५ प्रतिशतभन्दा बढी लाभांश माथिको प्रस्तावित लाभांशको १० प्रतिशतले हुन आउने रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा समेत जम्मा गर्नुपर्ने व्यवस्था समेत निर्देशनले गरेको छ । लघुवित्तले आफ्नो खुद मुनाफाको १ प्रतिशत रकम सो कोषमा जम्मा गर्नुपर्ने प्रावधानसमेत रहेको छ ।

सो व्यवस्थाले कम्पनीलाई थप बलियाे हुनलाई सहयोग पुग्ने छ । यद्यपि लाभांश प्रयोजनकै लागि लघुवित्तमा लगानी गर्ने लगानीकर्ताहरु निरुत्साहित हुँदा यस समूहको सूचकमा नराम्रोसँग प्रभावित भएको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।