इसेवा मनि ट्रान्स्फरको बम्पर उपहारमा प्राप्त हुने घर सार्वजनिक, तीन आना क्षेत्रफलमा बनेको साढे दुई तल्लाको घर पाइने

Mar 17, 2023 04:18 PM Merolagani



इसेवा मनि ट्रान्स्फरले हाल सञ्चालन गरिरहेको ‘मेरो डिजिटल देश’ अभियानका विजेतालाई प्रदान गरिने घर सार्वजनिक गरेको छ । इसेवाले ६ महिना अघि ‘मेरो डिजिटल देश’ अभियान सुरुवात गरेको हो। यस अभियानमा इसेवा मनि ट्रान्स्फर मार्फत रेमिटेन्स पठाउने एक जना सेवाग्राहीले काठमाडौंमा घर जित्न सकिनेछ ।

कम्पनीले हालै मात्र यस अभियानमा विजेता बन्ने सेवाग्राहीलाई प्रदान गर्ने घर सार्वजिनक गरेको हो । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ४ इमाडोल, बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे दुईतल्लाको घर कम्पनीले बम्पर उपहार स्वरुप प्रदान गर्नेछ ।

साथै सेवाग्राहीहरुको उत्साह एवं सहभागितालाई मध्यनजर गर्दै कम्पनीले यो योजना २ महिनाको लागि थप गरी २०८० साल जेठ ६ गतेसम्म सञ्चालन गर्ने निर्णय पनि गरेको छ। सेवाग्राहीहरू यस अबधिमा इसेवा मनि ट्रान्स्फरमार्फत रकम पठाउँदा बम्परमा योजनामा स्वतः सहभागी छन् ।

घर सार्वजनिक तथा दुई महिना अभियान थप गरिएको विषयमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भने, ‘विदेशमा रहनु भएका नेपालीहरुको उत्साहजनक सहभागिता एवं सेवाग्राहीहरुलाई बम्पर उपहार जित्ने अझ धेरै मौका प्रदान गर्नको लागि यो योजना २ महिना थप गरिएको छ। यस योजनामा आम नेपालीको उत्साहजनक सहभागीताका साथै उहाँहरुले अभियान केही थप गर्नका लागि गर्नुभएको अनुरोधलाई मध्यनजर गर्दै यस योजनाको अवधी थप गरिएको हो । साथै यसबाट धेरै भन्दा धेरै नेपालीहरु काठमाडौंमा घर जित्ने मौकामा सहभागी समेत हुन सक्नुहोस् भन्ने् हाम्रो कामना छ ।’ बम्पर उपहारको छनौट प्रक्रिया २०८० साल जेठ १२ गते गरिने कम्पनीको भनाई छ ।

इसेवा मनि ट्रान्स्फरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ६० लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रान्स्फरले सेवाग्राहीहरुलाई आफ्ना १२,००० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख १२ हजार भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । 

 




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।