कार्यसमितिका उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका बोधराज देवकोटा, सचिवमा सिन्धु विकास बैेंकका रामकुमार गिरी र कोषाध्यक्षमा लुम्बिनी विकास बैंकका नरेश सिंह बोहरा चयन भएका छन्। त्यस्तै सदस्यहरुमा साइन रेसुंगा डेभलपमेण्ट बैंकका प्रकाश पौडेल, ज्योति विकास बैंंकका श्रीचन्द्र भट्ट र डा. इन्द्र कट्टेल रहेका छन् ।

नवनियुक्त कार्य समितिका पदाधिकारीहरुको सपथ ग्रहण समेत सम्पन्न भइसकेको छ। एशोसियसनको १७ औं वार्षिक साधारण सभाले आव २०७८-०७९ को लेखापरीक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, आव २०७९/०८० को अनुमानित आय ब्यय र लेखापरिक्षक नियुक्ति लगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।
अध्यक्ष प्रद्युमन पोखरेलले कोभिड १९, रुस युक्रेन युद्ध, बढ्दो मुद्रास्फितिलगायतका कारणले अहिले बैंकिङ् क्षेत्र निकै नै अप्ठ्यारो अबस्थाबाट गुज्रिरहेको बताउँदै सबै सदस्य बैंकहरुलाई जोखिम व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन र ग्राहक सेवालाई अझ चुस्त बनाउन अनुरोध गरे।
नवनिर्वाचित अध्यक्ष सुयोग श्रेष्ठले आजका विकास बैंकहरु व्यसायका दृष्टिकोणबाट हिजोका बाणिज्य बैंकहरु जस्तै भएको बताए । ‘९० वटा विकास बैंक घटेर १७ मा आइपुग्दा पनि बजार हिस्साका हिसाबले पहिले जति नै हिस्सा कायम राख्न सक्नु आजका विकास बैंकहरुको उपलब्धि हो। त्यसैले अझ राम्रो गर्नका लागि संगै सहकार्य गरौ ।’ؘ– नवनियुक्त अध्यक्ष सबै विकास बैंकका अध्यक्षहरुलाई अनुरोध गर्दै भने ।