बिग मर्जरमा गएका सबै वाणिज्य बैंकको शेयर मूल्य २ सय मुनि, हिमालयन पनि २ सय मुनि जाला त ?

Mar 21, 2023 05:47 PM MeroLagani

चालु आर्थिक वर्ष मात्रै ५ जोडी वाणिज्य बैकहरुको बिग मर्जर भयो । अझै एक जोडी वाणिज्य बैंक मर्जरकै प्रक्रियामा छ । बिग मर्जर गरेका हिमालयन बै‌कबाहेक सबै वाणिज्य बैंकको शेयर मूल्य भने २ सय मुनि आइसकेको छ ।

नेपाल राष्ट्र बैंकले विगत केही वर्षदेखि बैंक तथा वित्तीय संस्थालाई मर्जरमा जान प्रोत्साहन गरेको थियो । राष्ट्र बैंकको मर्जर नीतिको कारण ‘ग’ वर्गको फाइनान्स कम्पनी अहिले १७ वटामा झरिसकेको छ भने ‘ख’ वर्गको विकास बैंक पनि १७ वटामै सिमित भएको छ । कुनै समय विकास बैंक र फाइनान्स कम्पनी ९० वटाभन्दा बढी थियो ।

राष्ट्र बैंकले वित्तीय पहुँच बढाउने नाममा अन्धाधुन्ध लाइसेन्स बाँडेकोमा केही समय पश्चात आफैलाई नियमनमा समस्या देखेपछि मर्जरको विनियमावली ल्यायो । केन्द्रीय बैंकले चार गुणा पुँजी वृद्धिबाट संस्था घटाउने नीति लिएपनि ख र ग वर्गका विकास बैंक र फाइनान्स कम्पनीहरुको मात्रै संख्या घट्योे वाणिज्य बैंकको संख्या भने घटेको थिएन । पछिल्लो समय बिग मर्जरमा आकर्षक कर छुटसहित विभिन्न नियामकीय छुटहरु देखिएपछि भने धेरै वाणिज्य बैकहरु मर्जरमा आकर्षित भएका हुन ।

बिग मर्जरमा राष्ट्र बैंकको नीति सफल भएपनि यसले शेयर बजारमा भने पहिरो गएको छ । मर्जरमा गएका अधिकांश वाणिज्य बैंकहरु २ सय भन्दा मुनि कारोबार भइरहेको छ ।

चालु आवमै कुमारी बैंकले नेपाल क्रेडिट एन्ड कमर्स बैंकलाई १ बराबर १ को अनुपातमा आफूमा गाभेर कारोबार गरेको छ । कुमारी बैंकको शेयर गत सोमबार १७८।९० रुपैयाँमा अन्तिम कारोबार भयो । बैंकको अहिले चुक्ता पुँजी २६ अर्ब २२ करोड रुपैयाँ पुगिसकेको छ ।

आफू भन्दा ठूलो वर्गको किस्ट बैंक र ग्रान्ड बैकलाई आफूमा गाभेको प्रभु बैंकले पछिल्लोपटक सेन्चुरी कमर्सियल बैंकलाई आफूमा गाभेको छ । सबैभन्दा कान्छो सेन्चुरी कमर्सियल बैंकलाई १ बराबर १ को अनुपातमा आफूमा गाभेपछि प्रभुको चुक्ता पुँजी २३ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । सेन्चुरीलाई आफूमा गाभेर एकिकृत कारोबार गरेपछि भने प्रभु बैकको शेयर मूल्य २ सय नाघ्न सकेको छैन । सोमबार प्रभु बैंकको शेयर १७९ रुपैयाँमा अन्तिम कारोबार भयो ।

सबैभन्दा धेरै वित्तीय संस्थालाई आफूमा गाभेको ग्लोबल आइएमई बैंकले यस वर्ष पुनः अर्को वाणिज्य बैंक बैंक अफ काठमाडौंलाई आफूमा गाभेको छ । यसअघि जनता बैंक र कमर्ज एन्ड ट्रस्ट बैक जस्ता क वर्गको वाणिज्य बैकलाई आफूमा गाभिसकेको ग्लोबल आईएमई बैंकले बैंक अफ काठमाडौंलाई पनि आफूमा समाहित गरेर एकिकृत कारोबार गरिसकेको छ । बैंक अफ काठमाडौंले पनि यसअघि लुम्बिनी बैंकलाई एक्वाएर गरेको थियो । ५ वटा वाणिज्य बैंकलाई आफूमा गाभेर अहिलेसम्मकै धेरै चुक्ता पुँजी भएको वाणिज्य बैंक बनेको छ । ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी अहिले ३५ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । ग्लोबल आईएमई बैंकको सोमबार १८८ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भयो । नेप्से १८ सय विन्दुमा झर्दा पनि ग्लोबल आईएमई बैंकको शेयर मूल्य २२० भन्दा तल झरेको थिएन । बिग मर्जरले भने शेयरको सप्लाई बढाउँदा बजार मूल्य भने झनै तल झारेको लगानीकर्ताको विश्लेषण छ ।

त्यसैगरी हिमालयन बैंकसँगको मर्जर असफल भएपछि नेपाल इन्भेष्टमेन्ट बैंकले मेगा बैंकलाई १००ः९० को अनुपातमा आफूमा गाभेको थियो । नेप्से १८ सयको विन्दुमा रहँदा पनि नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर मूल्य २५६ रुपैयाँ र मेगा बैंक २१४ रुपैयाँसम्म कारोबार भएको थियो । मेगालाई गाभेपछि बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैकको सोमबार अन्तिम कारोबार भने १९१ रुपैयाँ ४० पैसामा भयो जबकि नेप्से अहिले नेप्से परिसूचक १९ सय भन्दा माथि नै छ ।

यस वर्ष मर्जरमा गएका ५ बाणिज्य बैंकमध्ये हिमालयन बैकको शेयर मूल्य मात्रै अहिले २ सय रुपैयाँभन्दा माथि छ । हिमालयन बैंकले सिभिल बैंकलाई १००ः८०.२८ को अनुपातमा आफूमा गाभेको थियो । मर्जर भएका ५ वाणिज्य बैंकमध्ये हिमालयन बैंकको शेयर मात्रै २ सय रुपैयाँभन्दा माथि २ सय ३९ रुपैयाँमा कारोबार भयो ।

अझै एक जोडी बैंक मर्जर प्रक्रियामा रहेको छ । लक्ष्मी बैंक र सनराइज बैकलाई मर्जरमा जानको लागि नेपाल राष्ट्र बैंकले समेत सैद्धान्तिक सहमति प्रदान गरिसकेको छ । मर्जरको प्रक्रियामा रहेको दुवै बैंकहरुको शेयर कारोबार मूल्य २ सय भन्दा मुनि छ । सोमबार लक्ष्मी बैंक १८२ रुपैयाँ ५० पैसा र सनराइज बैंक १८२ रुपैयाँ ९० पैसामा कारोबार भयो ।

नेपाल इन्भेष्टर्स फाेरमका उपाध्यक्ष राजन लम्सालले बिग मर्जरका कारण वाणिज्य बै‌ककाे चुक्ता पुँजी बढी भएकाले वाणिज्य बैंककाे शेयरमा लगानीकर्ताकाे आकर्षण नदेखिएकाे बताए । उनले भने–‘मर्जर गरेका बै‌ककाे चुक्ता पुँजी नै न्युनतम २० अर्ब भन्दा बढी छ । प्राय बैंककाे ४९ प्रतिशत शेयर साधारणमा परिणत भइसकेकाे हुँदा शेयर बजारमा धेरै सप्लाइ आउने गरेकाे छ । बजारमा माग नै कम भएका कारण यसकाे मूल्य बढ्न नसकेकाे हाे ।’

अहिले नेप्सेमा २० वटा वाणिज्य बैंक सूचीकृत छन् त्यसमध्ये ७ वटा बैंकको शेयर मूल्य २ सय रुपैयाँभन्दा तल कारोबार भइरहेको छ । २०० मुनि कारोबार हुने बैंकमध्ये सिटिजन्स बैंकको मात्रै अहिलेसम्म बिग मर्जर भएको छैन ।

२ सय भन्दा माथि शेयर मूल्य रहेका १३ वटा वाणिज्य बैंक छन् । १३ वाणिज्य बैंकमध्ये ८ वटा वाणिज्य बेकको शेयर मूल्य २ सय ६५ रुपैयाँको रेन्जसम्म कारोबार भएको छ भने १ वटा मात्रै बैंक ३ सय माथि कारोबार भएको छ । अहिले नेप्से परिसूचकमा सबैभन्दा महंगो शेयर मूल्य भएको बैंक एनआईसी एसिया बैक रहेको छ । नियामकीय प्रावधानका कारण २ वर्ष लाभांश बाँड्न नसकेको एनआइसी एसिया बैंकको शेयर गत सोमबार ७ सय ३८ रुपैयाँमा अन्तिम कारोबार भयो । ५ सय भन्दा माथि कारोबार हुने अन्य बेंकहरुमा एभरेष्ट बैंंक, स्यान्डर्ड चार्टर्ड बैंक र नबिल बैंक मात्रै रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।