आज ४ बजे बस्ने मन्त्रीपरिषद् बैठकले आईजीपी  नियुक्ति गर्ने, ५ जना एआईजीहरु आईजीपी बन्न प्रतिष्पर्धा

Mar 24, 2023 11:49 AM Merolagani



आज मन्त्रीपरिषद्को बैठक बस्दैछ । बैठक आज हपरान्ह ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्नेछ ।

आजको बैठकमा प्रहरी महानिरीक्षक (आईजिपी) नियुक्ति हुने बताइएको छ । आजबाट प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अवकाशमा जाँदै छन् । उनको अवकाससँगै ५ जना एआईजीहरुको आईजीपी बन्न प्रतिष्पर्धा छ । वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षक पदको दाबेदार छन् । आईजिपीको दौडमा कुँवर र ज्ञवालीबीच प्रतिष्पर्धा छ ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।