आज ४ बजे बस्ने मन्त्रीपरिषद् बैठकले आईजीपी  नियुक्ति गर्ने, ५ जना एआईजीहरु आईजीपी बन्न प्रतिष्पर्धा

Mar 24, 2023 11:49 AM Merolagani



आज मन्त्रीपरिषद्को बैठक बस्दैछ । बैठक आज हपरान्ह ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्नेछ ।

आजको बैठकमा प्रहरी महानिरीक्षक (आईजिपी) नियुक्ति हुने बताइएको छ । आजबाट प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अवकाशमा जाँदै छन् । उनको अवकाससँगै ५ जना एआईजीहरुको आईजीपी बन्न प्रतिष्पर्धा छ । वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षक पदको दाबेदार छन् । आईजिपीको दौडमा कुँवर र ज्ञवालीबीच प्रतिष्पर्धा छ ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।