तीन प्रतिशत नेपालीले मात्रै चढ्छन निजी गाडी, २७ प्रतिशतसँग मोटरसाइकल

Mar 26, 2023 01:31 PM Merolagani



नेपालमा प्यासेन्जर सेग्मेन्टका गाडी तीन प्रतिशतले मात्रै चढ्ने गरेकाे पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को पछिल्लो तथ्याङक अनुसार  जिप, कार चढ्ने नेपाली ३.१ प्रतिशत मात्रै रहेको देखिएको हो ।

त्यसैगरी नेपालमा २७.३ प्रतिशत मानिसहरुसँग मोटरसाइकल-स्कुटर रहेको पाइएको छ । यातायात विभागका अनुसार नेपालमा रहेका यातायातका साधन मध्ये मोटरसाइकल तथा स्कुटर मात्रै १५ लाख माथि रहेका छन् ।

तथ्याङ्कले नेपालमा साइकलको पहुँच ३५ प्रतिशत पुगेको छ ।