नेपाल राष्ट्र बैंकले दियो नेष्डो समृद्ध लघुवित्तलाई करिब १८ प्रतिशत लाभांश वितरण गर्ने स्वीकृती, लघुवित्तले तत्काल कार्यान्वयन नगर्ने

Apr 18, 2023 10:49 AM Merolagani



नेपाल राष्ट्र बैंकले नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थालाई करिब १८ प्रतिशतमात्र लाभांश वितरण गर्ने स्वीकृती दिएको छ। राष्ट्र बैंकले लघुवित्तलाई गत आर्थिक वर्षको मुनाफाबाट हालको चुक्ता पूँजीको १७.९३४२ प्रतिशत मात्र लाभांश वितरण गर्नको लागि स्वीकृति प्रदान गरेको हो।

लघुवित्तले हालको चुक्ता पूँजीको ५० प्रतिशत बोनस शेयर, कर प्रयोजनसहित २३.६८४२ प्रतिशत नगद लाभांश गरि कुल ७३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरी स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाएको थियो। जसमध्ये १७.९३ प्रतिशत मात्र लाभांश वितरण गर्न स्वीकृती पाएको हो।

यद्यपि, राष्ट्र बैंकको लाभांश घटाउने निर्देशन गत फागुन १० गते जारी संशोधित निर्देशनको व्यवस्थासंग स्पष्ट वाझिएको, नेपाल राष्ट्र बैंकवाट इजाजत प्राप्त एउटै प्रकृतीका संस्था विच एउटै आर्थिक वर्षको लाभांश स्वीकृती दिंदा समानता नभएको र नेपाल राष्ट्र बैंकबाट स्वीकृत लाभांशको जानकारीले शेयरधनीले पाउने प्रतिफलको अधिकार समेत हनन हुन पुगेको, संस्थागत वित्तीय अवस्थामा समेत प्रभाव पर्ने देखिएको, लाभांश वितरण सम्वन्धमा बैंक तथा वित्तीय संस्था सम्वन्धि ऐनमा भएको व्यवस्थाको समेत प्रतिकुल भएको र लाभांश प्रस्ताव तथा संशोधन संस्थाबाट नै निर्णय भई नेपाल राष्ट्र बैंकवाट स्वीकृत दिनुपर्ने कानूनी मनसायलाई समेत नजरअन्दाज गरिएको देखिएकोले नेपाल राष्ट्र बैंकको उक्त निर्णय एवम् जानकारीलाई तुरुन्त कार्यान्वयन प्रक्रिया अगाडी वढाउन नसकिने निर्णय लघुवित्तले गरेको छ।

राष्ट्र बैंकको विद्यमान निर्णय तथा स्वीकृती, प्रचलित ऐन, कानून, निर्देशन र केन्द्रिय बैंकका विगतका व्याख्या र संस्थागत अभ्यास समेतको तथ्यपुर्ण कानूनी व्याख्या गरी निर्णयमा पुग्ने निर्णय लघुवित्तले गरेको छ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।