एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Apr 20, 2023 09:13 AM Merolagani



एशियन लाइफ इन्स्योरेन्स (ALICL) को लाभांश सुरक्षित गर्ने आज (बैशाख ७ गते) अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात बैशाख ८ गते बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

इन्स्योरेन्सले बैशाख १८ गते, बिहान ११ः३० बजे होटल क्लासिक सिमरा, बारामा १५ औं वार्षिक साधारण सभा बोलाएको छ।

सभाले आर्थिक वर्ष २०७८/७९ सम्मको संचित मुनाफाबाट चुक्ता पूँजी २ अर्ब ९० करोड ८१ लख रुपैयाँको ८.५० प्रतिशतले हुन आउने २४ करोड ७१ लख ८९ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.४४ प्रतिशतले हुन आउने १ करोड ३० लाख रुपैयाँ नगद लाभांश पारित गर्नेछ।

यस्तै सभाले उल्लेखित बोनस शेयर पश्चातको हदसम्म जारी तथा चुक्ता पूँजी वृद्धि गर्न स्वीकृति समेत दिनेछ।

कम्पनीको अधिकृत पूँजी ५ अर्ब रुपैयाँलाई वृद्धि गरी ६ अर्ब कायम गर्न प्रबन्धपत्र संशोधन गर्ने लगायतको प्रस्तावहरु पनि परित गर्नेछ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।