शिवश्री हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्काशन गर्ने

Apr 30, 2023 11:00 AM Merolagani



शिवश्री हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

बैशाख १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो। कम्पनीले बैंक ऋण भुक्तानी गर्नका लागि हकप्रद निष्काशन गर्न लागेको हो।

विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो हकप्रद शेयर निष्काशन गरिनेछ।

C6# 




रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

Jan 02, 2026 09:04 AM

पुस १८ गते, शुक्रबार, रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।