ब्याजदर बढेपछि बुटवल पावर कम्पनीको नाफा बढ्यो

May 09, 2023 12:22 PM Merolagani



बुटवल पावर कम्पनी लिमिटेड (BPCL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले २६ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.८९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २३ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

विद्युत बिक्री आम्दानी घटेपनि वित्तीय आम्दानी बढेका कारण कम्पनीको खुद नाफा बढ्न पुगेको हो।

चैत मसान्तसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत ५८ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.९६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत ५९ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा ५.२७ प्रतिशत बढेको छ भने वित्तीय आम्दानी १४.८३ प्रतिशत बढेको छ। बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर बढेसँगै कम्पनीको वित्तीय आम्दानी बढेको हो।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७३ पैसा बढेर १० रुपैयाँ ४९ पैसा पुगेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ ६५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३०.५ गुणा रहेको छ।

३ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ३ अर्ब ६० करोड रुपैयाँ रहेको छ।




धितोपत्र बजारकाे ‘कालो कर्तुत‘काे पर्दाफास: बोर्डले तयार पारेको दुईवटा जाँचबुझ प्रतिवेदनहरूमा के छ ?

Apr 21, 2026 07:47 PM

नेपालको धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पसिनाको कमाइमाथि कसरी ‘कलोनी’ खडा गरिएको छ भन्ने तथ्य बोर्डको गोप्य प्रतिवेदनले प्रमाणित गरेको छ।