ब्याजदर बढेपछि बुटवल पावर कम्पनीको नाफा बढ्यो

May 09, 2023 12:22 PM Merolagani



बुटवल पावर कम्पनी लिमिटेड (BPCL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले २६ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.८९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २३ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

विद्युत बिक्री आम्दानी घटेपनि वित्तीय आम्दानी बढेका कारण कम्पनीको खुद नाफा बढ्न पुगेको हो।

चैत मसान्तसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत ५८ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.९६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत ५९ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा ५.२७ प्रतिशत बढेको छ भने वित्तीय आम्दानी १४.८३ प्रतिशत बढेको छ। बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर बढेसँगै कम्पनीको वित्तीय आम्दानी बढेको हो।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७३ पैसा बढेर १० रुपैयाँ ४९ पैसा पुगेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ ६५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३०.५ गुणा रहेको छ।

३ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ३ अर्ब ६० करोड रुपैयाँ रहेको छ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।