अरुण काबेलीको विद्युत बिक्री आम्दानी घट्यो, नाफा कति?

May 10, 2023 05:59 AM Merolagani



अरुण काबेली पावर लिमिटेड (AKPL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १४ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.३५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २२ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

विद्युत बिक्री आम्दानी घटेसँगै खर्च बढेका कारण कम्पनीको नाफा घट्न पुगेको हो।

चैत मसान्तसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत ५६ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.६४ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत ५९ करोड २५ लाख रुपैयाँ आम्दानी गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा ४.३४ प्रतिशत घटेको छ भने अन्य आम्दानी १३७.७८ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको कुल खर्च समीक्षा अवधिमा १८.४९ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ५ रुपैयाँ ६४ पैसा घटेर १० रुपैयाँ ३२ पैसामा झरेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ ९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३९.१४ गुणा रहेको छ।

१ अर्ब ८५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३५ करोड ४२ लाख रुपैयाँ सञ्चित छ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।