इम्पेरमेन्ट चार्ज बढेपछि राष्ट्र उत्थान लघुवित्तको नाफा घट्यो

May 15, 2023 08:53 AM Merolagani



राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड (RULB) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ३ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.९६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी घटेसँगै इम्पेरमेन्ट चार्ज बढेपछि कम्पनीको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २.७८ प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको खुद फि तथा कमिशन आम्दानी ४७.१५ प्रतिशत घटेको छ भने कुल सञ्चालन आम्दानी १६ प्रतिशत घटेको छ। लघुवित्तको निष्क्रिय कर्जा १.१९ प्रतिशतबाट बढेर ४.९६ प्रतिशत पुगेको छ। यससँगै लघुवित्तको इम्पेरमेन्ट चार्ज १ करोड ७१ लाख रुपैयाँ पुगेको छ। जसका कारण लघुवित्तको सञ्चालन मुनाफा र खुद नाफा दुबै ३२.९६ प्रतिशत घटेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ३९ पैसा घटेर १९ रुपैयाँ १० पैसामा झरेको छ। चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३४.७७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ १४ पैसा रहेको छ।

२५ करोड ९९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २० करोड ८४ लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा लघुवित्तले ३ अर्ब १८ करोड ६३ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ३ अर्ब ४९ करोड ८९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।