निष्क्रिय कर्जा बढेपछि उन्नती सहकार्य नोक्सानीमा

May 17, 2023 09:37 AM Merolagani

उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड (USLB) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार चैत मसान्तसम्ममा लघुवित्त नोक्सानीमा रहेको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा लघुवित्तले ४ करोड ४७ लाख रुपैयाँ नोक्सानीमा रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी घटेसँगै निष्क्रिय कर्जा बढेका कारण लघुवित्तले नोक्सानी व्यहोर्नु परेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३२.२९ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ३१.२६ प्रतिशत बढेको छ। समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी ३०.९१ प्रतिशत घटेको छ।

लघुवित्तको निष्क्रिय कर्जा समीक्षा अवधिमा ४.८२ प्रतिशतबाट बढेर १३.४७ प्रतिशत पुगेको छ। यससँगै लघुवित्तको इम्पेरमेन्ट चार्ज ९ लाख रुपैयाँबाट बढेर ३ करोड २८ लाख रुपैयाँ पुगेको छ। जसले गर्दा लघुवित्तको सञ्चालन मुनाफा र खुद नाफा दुबै ४ करोड ४७ लाख रुपैयाँ ऋणात्मक भएको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि ऋणात्मक हुन पुगेको छ। चैत मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ६ पैसा ऋणात्मक रहेको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १२५ रुपैयाँ २९ पैसा रहेको छ।

२२ करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ५ करोड ७९ लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा लघुवित्तले ३ अर्ब ३१ करोड रुपैयाँ निक्षेप तथा सापतीबाट ३ अर्ब २६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

comments powered by Disqus

गभर्नरले राष्ट्र बैककै विभागीय प्रमुखहरूसँग मागे शेयर कर्जा सीमा कति बढाउने भन्ने सुझाव,फेस सेभिङकाे मुडमा गभर्नर

Sep 29, 2023 06:01 PM

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी यतिखेर चर्को दबाबमा देखिएका छन्। सरकारदेखि प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमालेका अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले समेत सार्वजनिक मञ्चबाटै राष्ट्र बैंकसँग कुरा गर्ने भनेपछि उनी थप दबाबमा देखिएका हुन्।