प्रि ओपन सेसन अपडेटः झिनो अंक बढ्यो नेप्से

May 22, 2023 10:53 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार ५.८८ अंक बढेर १८८३.२० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.२४ अंक बढेर १८८३.४५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०७ अंक घटेको छ।

सोमबार प्रि ओपन सेसनमा ७ स्टकको १ लाख ४४ हजार ८२२ रुपैयाँ बराबरको २९० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४ स्टकको मूल्य बढेको छ भने २ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।