नेपाल लाइफ र हिमालयन लाइफका बीमितले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा छुट पाउने

May 24, 2023 12:40 PM Merolagani



नेपाल लाइफ इन्स्योरेन्स (NLIC) र हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्क छुट दिने भएको छ । नेपाल लाइफका बीमितले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्क(ब्याज) मा ३० प्रतिशतसम्म र हिमालयन लाइफले शत प्रतिशत सम्म छुट पाउने भएका हुन् ।

जीवन बीमालेखसम्बन्धी निर्देशिका, २०७८ को दफा ११ बमोजिम यस कम्पनीबाट जारी भएका बीमालेखको नवीकरण बीमाशुल्क भुक्तानी गर्नुपर्नेमा सो भुक्तानी नभई व्यतित भएका बीमालेखहरुमा विलम्ब शुल्कमा दुबै कम्पनीले छुट दिने भएका हुन् ।

नेपाल लाइफले जेठ १० गतेदेखि असार २२ गतेसम्म बीमालेखलाई निरन्तरता दिने प्रयोजनका लागि पुनजार्गरण गराई नवीकरण बीमाशुल्क भुक्तानी गरेमा सोमा लाग्ने विलम्ब शुल्क(ब्याज) छुट दिने कम्पनीले जनाएको छ ।

नेपाल लाइफले ले १८० दिन भन्दा माथि २ वर्षसम्म व्यतित भएका बीमालेखहरुको ३० प्रतिशत, २ देखि ५ वर्ष सम्म व्यतित भएका बीमालेखहरुमा २५ प्रतिशत र ५ वर्ष भन्दा माथि व्यतित भएका बीमालेखहरुमा १० प्रतिशत विलम्ब शुल्मा छुट प्रदान गर्ने जनाएको छ ।

यस्तै हिमालयन लाइफ इन्स्योरेन्स (साविकको प्राइम, युनियन र गुराँस लाइफ) बाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा जेठ मसान्तसम्ममा पुनर्जागरण गर्दा विलम्ब शुल्कमा शत प्रतिशतसम्म छुट प्रदान गर्ने जनाएको छ ।

हिमालयनले १ वर्ष देखि ३ वर्षसम्म व्यतित भएका बीमालेखहरुमा शत प्रतिशत, ३ वर्ष देखि ७ वर्षसम्मको लागि ५० प्रतिशत र ७ वर्ष देखि जतिसुकै अवधिका लागी २५ प्रतिशत छुट प्रदान गर्ने जनाएको छ ।

विलम्ब शुल्क(ब्याज) छुट बीमा अवधिभरि एक पटक मात्र पाईनेछ । यस सम्बन्धी अन्य जानकारी लिनु परेमा सम्बन्धीत कमपनीको शाखा/उपशाखा तथा अभिकर्तासँग सम्पर्क गर्न समेत कम्पनीले आग्रह गरेको छ ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।