सांग्रिला डेभलपमेन्ट बैंकद्वारा साइकल र्यालीको आयोजना

May 24, 2023 01:29 PM Merolagani



सांग्रिला डेभलपमेन्ट बैंक(SADBL)ले विश्व वातावरण दिवसको अवसर पारेर जेठ २० गते शनिवार डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालसँगको सहकार्यमा साइकल र्यालीको आयोजना गर्न लागेको छ ।

यस बैंकले गत वर्ष समेत वातावरण दिवसका दिन पहिलो बृहत साइकल र्याली सफलतापूर्वक सम्पन्न गरेकोमा यस वर्षसमेत अझ सशक्तपूर्वक धेरै भन्दा धेरै सहभागिता जुटाई बृहत रुपमा सम्पन्न गर्ने लक्ष्यका साथ दोस्रो “साइकल र्याली, २०८०” को आयोजना गर्न लागेको हो । “इन्धन जोगाऔं, पृथ्वी बचाऔं” भन्ने मूल नाराका साथ आह्वान गरिएको यो साइकल र्यालीमा बैंकका कर्मचारी, गाहक, शेयरधनीहरूकाे उत्साहजनक सहभागिता हुनेमा बैंक विश्वस्त रहेको छ ।

यस साइकल र्याली जेठ २० गते शनिवार बिहान ७ः०० बजे बैंककै वालुवाटार स्थित केन्द्रिय कार्यालयको प्राङ्गणबाट शुरु भई लगभग १० कि.मी.को यात्रा पश्चात सानो गौचरणमा सम्पन्न गरिनेछ । यस साइकल र्यालीबाट सांग्रिला डेभलपमेन्ट बैंकले वातावरण प्रवद्र्धन प्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै इन्धनको मितव्ययिता एवं साइकल जस्तो बैकल्पिक यातायातको साधनको प्रयोग गरि प्रदुषण नियन्त्रणमा टेवा पुर्याउनको निम्ति समाजमा चेतना फैलाउन योगदान पुग्ने विश्वास राखेको छ । यसर्थ, यस साइकल र्यालीमा सहभागीताको निम्ति नाम दर्ता गर्न समेत बैंकले आह्वान गरेकाे छ ।

 

यस र्यालीमा सहभागी स्वयंले साइकल एवं अन्य आवश्यक उपकरणको व्यवस्था गर्नुपर्नेछ । र्यालीमा सम्पूर्ण सहभागीलाई वातावरण दिवसको चिनो स्वरुप विरुवा प्रदान गरिनेछ । यसैगरी, र्यालीमा नाम दर्ता गर्ने पहिलो ३०० जनालाई टिसर्टको व्यवस्था गरिएको छ भने “लक्की ड्र” बाट एकजना भाग्यमानी सहभागीलाई साइकल समेत वितरण गरिनेछ ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।