कृषि विकास बैंकद्वारा चिट्ठा तथा उपहार कार्यक्रम नगरेको घाेषणा

May 25, 2023 03:25 PM Merolagani



कृषि विकास बैंक(ADBL)ले सामाजिक संजालमार्फत कुनै पनि चिट्ठा तथा उपहार कार्यक्रमको कुनै घोषणा नगरेको जनाएको छ । विभिन्न सामाजिक संजालहरु मार्फत बैंककाे लोगो तथा बैंकसँग सम्बन्धित फोटोहरु प्रयोग भएकाे र विभिन्न लिंकहरु प्रयोग गरी चिट्ठा, उपहार कार्यक्रम आदि जस्ता विभिन्न आर्थिक प्रलोभन देखाई ठगी भएको गुनासोहरु आएपछि बैंकले यस्ताे सुचना जारी गरेकाे हाे। 

यसकासाथै खाताको केवाइसी अपडेट गर्नकालागि वा अन्य कुनै प्रयोजनकालागि ओटिपी, लिंक, पिन कोड तथा पासवर्ड जस्ता सुचनाहरु बैंकले नमाग्ने भएको हुँदा कसैले यस्ता गोप्य सुचना वा नम्बर मागेमा  नदिन पनि बैंकले अनुरोध गरेको छ । साथै यसबारेमा कुनै जानकारी पाएमा बैंककाे नजिककाे शाखामा फाेन गर्न समेत बताएकाे छ ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।