सहज च्यालेन्ज फण्ड–३ अन्तर्गत नविन ब्रान्डिङ, प्याकेजिङ्ग वा वितरण प्रणाली सम्बन्धि सेवा प्रदान गर्ने सेवा प्रदायकलाई आवेदन आव्हान

May 26, 2023 12:14 PM Merolagani

सहज च्यालेन्ज फन्ड तेस्रो चरणको औपचारिक सुरूवात बिहीबार जेठ ११ काठमाडौंको होटल आम्बासाडर, लाजिम्पाटमा पत्रकार सम्मेलन गरि गरिएकाे छ । उक्त सम्मेलनमा विभिन्न संचार माध्यमहरू, स्विस कन्ट्याक्ट, सिप्रड, र प्राक्टिकल एक्सन क्न्सल्टिंगका प्रतिनिधिहरू भेला भएका थिए ।

पत्रकार सम्मेलनमा स्विस कन्ट्याक्टका तर्फबाट नेपाल कृषि बजार बिकास कार्यक्रम—एन.ए.एम.डी.पीका टिम लिडर रिक भ्यान डर क्याम्पले स्विस कन्ट्याक्टका परियोजनाले खेलेको परिवर्तनकारी भूमिकाबारे जानकारी दिए।

“सहज च्यालेन्ज फन्ड मार्फत, एन.ए.एम.डी.पीले कृषि क्षेत्रमा नवप्रवर्तनलाई प्रोत्साहित गर्ने लक्ष्य राखेको छ”, भ्यान डर क्याम्पले भने ।

यसै क्रममा सिप्रडका तर्फबाट एन.ए.एम.डी.पीका कृषि सेवा प्रबन्धक शुभेच्छा श्रेष्ठले सहज च्यालेन्ज फण्ड, यसका विभिन्न चरण र फण्डले गर्दै आएको कामको बारेमा जानकारी दिए।

“सहज च्यालेन्ज फन्डले कृषि प्रशोधनमा सेवा प्रदायकहरुका लागि बनाइएको हो । कृषि प्रशोधनमा भएको सुधारले किसानहरुको मूल्य अभिवृद्धिमा प्रभाव गर्छ, जसले उच्च आय र रोजगारी सिर्जना गर्छ,” शुभेच्छा श्रेष्ठले भनिन्।

प्राकटिकल एक्सन कन्सल्टिंगका तर्फबाट सहज च्यालेन्ज फण्डका टिम लिडर अधिश कार्कीले तेस्रो चरणको च्यालेन्ज फण्डले काम गर्ने कार्य क्षेत्र, सहयोगको प्रकार, आवेदन प्रक्रिया र सहयोग रकम बारे चर्चा गरे। सहज च्यालेन्ज फण्डले ५ लाख रूपैयाँदेखि ५० लाख रकम सम्म सहयोग गर्ने कुरा पनि उनले प्रस्ट पारे। 

प्रस्तावित सेवाको माग, सान्दर्भिकता र सेवा प्रदायकको क्षमताको जाँच गरि सहयोग रकम तोकिनेछ।

उपकरण तथा मेशिनेरी खरिदकालागि भने सहज च्यालेन्ज फण्डले सहयोग गर्ने छैन । यस पत्रकार सम्मेलनकै क्रममा सहज च्यालेन्ज फण्डका ब्रान्डिङ र प्याकेजिङ्ग विशेषज्ञ अनुज श्रेष्ठ र वितरण प्रणाली विशेषज्ञ दिवीभ भक्त श्रेष्ठले आफ्ना क्षेत्रमा रहेका बाधा–अवरोध र च्यालेन्ज फण्डले प्रोत्सहान गरेको नवप्रवर्तनकारी सेवाहरुले यी बाधा अवरोधलाई कसरी हटाउँछन् भन्ने बारे जानकारी गराए

“नेपालमा धेरै कम्पनीहरुले दिगो ब्रान्डिङ र प्याकेजिङ्ग समाधानमा काम गरिरहेका छैनन्। यो च्यालेन्ज फण्डले स्थानीय उत्पादकहरुलाई नवप्रवर्तन समाधानहरु खोज्न मद्दत गर्नेछ,” अनुज श्रेष्ठले भने ।

यस च्यालेन्ज फण्डका लागि २०८० असार ५ सम्म आवेदन दिन सकिनेछ । आवेदनको समय सीमा सकिएपछि पहिलो चरणको मुल्यांकन गरिनेछ र सफल आवेदकहरुलाई पूर्ण व्यवसायिक योजना बुझाउन अनुरोध गरिनेछ । पेश गरिएका व्यवसायिक योजनाको पूर्ण मुल्यांकन पछि छानिएका विजेता आवेदकले सहयोग रकम पाउनेछन्।

सहज च्यालेन्ज फण्डले आयोजना गरेको यस पत्रकार सम्मेलनमा विभिन्न क्षेत्रका पत्रकार र सरोकारवालाहरुलाई एकीकृत गरि सान्दर्भिक जानकारी गराउदै धेरै भन्दा धेरै सेवा प्रदायकलाई आफ्ना विचारलाई सफल व्यवसायको रूपमा विकास गर्ने अवसरको बारेमा सचेत गराउने काम गरियो।

आवेदकको माग अनुसार अनुकूलित बित्तिय र प्राविधिक सहयोग मार्फत, सहज च्यालेन्ज फण्डले लक्षित सेवाहरुमा पहुच बढाउँदै कोशी प्रदेशको कृषि क्षेत्रमा उच्च स्तरको व्यावसायीकरण र आर्थिक मूल्य– प्रवर्धनमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।