प्रि ओपन सेसन अपडेटः करिब साढे २ अंक बढ्यो नेप्से

May 30, 2023 10:53 AM Merolagani



साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत आइतबार १७.३५ अंक घटेर १९४१.७७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.२६ अंक बढेर १९४४.०३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा २१ स्टकको १७ लाख ३ हजार ४६५ रुपैयाँ बराबरको ५ हजार ४८५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ११ स्टकको मूल्य बढेको छ भने ४ स्टकको मूल्य घटेको छ। बाँकी ६ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




लगातार चार दिन सरकारी बिदा, सरकारी कर्मचारीलाई राहत

May 22, 2026 12:15 PM

आगामी जेठ १४ गतेदेखि लगातार चार दिन बिदा परेको छ । जेठ महिनामा लगातार चार दिने बिदा हुने यो पहिलो पटक हो ।