मे महिनामा भित्रिए ७७ हजार ७ सय पर्यटक

Jun 01, 2023 12:55 PM MeroLagani



सन २०२३ को मे महिनामा झन्डै २०१९ को मे महिनाकै हाराहारीमा पर्यटक आगमन भएको छ । मे महिनामा हवाई मार्गबाट ७७ हजार ७ सय ३ जना पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

यसअघि कोभिड संक्रमण शुरु हुनु अगाडिको वर्ष सन् २०१९ को मे महिनामा पनि ७८ हजार ३ सय २९ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए । २०२३ को मे महिनाको पर्यटक आगमन सन् २०१९ को भन्दा ६ सय २६ जनाले मात्र कम हो । सन् २०२२ को मे महिनामा ५३ हजार ६ सय ८ जना, सन् २०२१ मा १५ सय ३१ जना र २०२० मा ३१ जना मात्रै पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१९ को पर्यटक आगमनसँग तुलना गर्दा नेपालको पर्यटन ९९.२० प्रतिशतले बाउन्स ब्याक भइसकेको तथ्यांकले देखाउँछ ।

नेपालमा धेरै पर्यटक आउने देशहरुमा भारत, अमेरिका, चीन, बेलायत, अस्ट्रेलिया, बंगलादेश, मलेसिया, जर्मनी, फ्रान्स र दक्षिण कोरिया रहेका छन् । मे महिनामा दक्षिणी छिमेकी देश भारतबाट सबैभन्दा बढी ३६ हजार ५ सय ७५ जना, अमेरिकाबाट ८ हजार ५ सय ४५ जना, चीनबाट ४ हजार ६ सय ६७ जना, बेलायतबाट २ हजार ९ सय २७ जना, , अष्ट्रेलियाबाट २ हजार १ सय ८४ जना, बंगलादेशबाट २ हजार १ सय ६४ जना नेपाल भ्रमणमा आएका छन् । त्यस्तै मलेसियाबाट १३ सय २१ जना, जर्मनीबाट ११ सय ६५ जना, फ्रान्सबाट १ हजार ९७ जना र दक्षिण कोरियाबाट १ हजार ३९ जना पर्यटकले मे महिनामा नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।




साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।