मे महिनामा भित्रिए ७७ हजार ७ सय पर्यटक

Jun 01, 2023 12:55 PM MeroLagani



सन २०२३ को मे महिनामा झन्डै २०१९ को मे महिनाकै हाराहारीमा पर्यटक आगमन भएको छ । मे महिनामा हवाई मार्गबाट ७७ हजार ७ सय ३ जना पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

यसअघि कोभिड संक्रमण शुरु हुनु अगाडिको वर्ष सन् २०१९ को मे महिनामा पनि ७८ हजार ३ सय २९ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए । २०२३ को मे महिनाको पर्यटक आगमन सन् २०१९ को भन्दा ६ सय २६ जनाले मात्र कम हो । सन् २०२२ को मे महिनामा ५३ हजार ६ सय ८ जना, सन् २०२१ मा १५ सय ३१ जना र २०२० मा ३१ जना मात्रै पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१९ को पर्यटक आगमनसँग तुलना गर्दा नेपालको पर्यटन ९९.२० प्रतिशतले बाउन्स ब्याक भइसकेको तथ्यांकले देखाउँछ ।

नेपालमा धेरै पर्यटक आउने देशहरुमा भारत, अमेरिका, चीन, बेलायत, अस्ट्रेलिया, बंगलादेश, मलेसिया, जर्मनी, फ्रान्स र दक्षिण कोरिया रहेका छन् । मे महिनामा दक्षिणी छिमेकी देश भारतबाट सबैभन्दा बढी ३६ हजार ५ सय ७५ जना, अमेरिकाबाट ८ हजार ५ सय ४५ जना, चीनबाट ४ हजार ६ सय ६७ जना, बेलायतबाट २ हजार ९ सय २७ जना, , अष्ट्रेलियाबाट २ हजार १ सय ८४ जना, बंगलादेशबाट २ हजार १ सय ६४ जना नेपाल भ्रमणमा आएका छन् । त्यस्तै मलेसियाबाट १३ सय २१ जना, जर्मनीबाट ११ सय ६५ जना, फ्रान्सबाट १ हजार ९७ जना र दक्षिण कोरियाबाट १ हजार ३९ जना पर्यटकले मे महिनामा नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।




श्रेष्ठ र ढुंगानाको राजीनामा पछि गभर्नरको दौड थप रोचक मोडमा, मुख्य दावेदार सात जनामध्ये कसलाई कसकाे साथ ?

Mar 27, 2025 06:07 AM

नेपाल राष्ट्र बै‌कका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले राजीनामा दिएपछि गभर्नर नियुक्ति प्रकृया थप रोचक मोडमा पुगेको छ । शुरुदेखि नै भावी गभर्नरको दावेदारको रुपमा हेरिएका उनले गभर्नरको दौडमा ‘औपचारिक रुपमा’ सामेल हुन  कार्यकारी निर्देशकबाट राजीनामा दिएको हुन सक्ने आशंका गरिएको छ ।