'ग्लोकल टिन हिरो नेपाल २०२३' को नवौं संस्करणको लागि आवेदन खुल्ला

Jun 01, 2023 05:31 PM Merolagani



गोल्छा ग्रुपद्वारा प्रस्तुत 'ग्लोकल टिन हिरो नेपाल २०२३' को नवौं संस्करणको लागि आवेदन खुलेको छ। यस बर्षको 'ग्लोकल टिन हिरो नेपाल' सेप्टेम्बर १, २०२३मा हुने अवार्ड कार्यक्रम र सम्मेलन मार्फत घोषणा गरिने भएकाे छ ।

ग्लोकल टिन हिरो, ग्लोकल प्रा.ली.को एक कार्यक्रम हो जहाँ किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्य गरिन्छ। ग्लोकल टिन हिरो एक यस्तो प्लेटफर्म हो जसले किशोर किशोरीहरुको कार्यहरुलाई पहिचान मात्र नगरी उनीहरुको प्रतिभा उजागर गर्न पनि मद्दत गर्दछ।

ग्लोकल टिन हिरो नेपाल सेप्टेम्बर १, २०२३मा आयोजना गरिने भएकाे छ। ग्लोकल टिन हिरो फेसबुक पेज र बिभिन्न मिडिया टेलिभिजन मार्फत यो लाइभ स्ट्रिम पनि हुनेछ।

समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रम्मिंग, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरनका कार्यहरु लगयता बिभिन्न अन्य क्षेत्रमा आफ्नो कौशलता दर्साएका प्रतिभावान किशोर किशोरीहरुले https://glocalteenhero.com/nepal मार्फत निशुल्क आवेदन भर्न सक्नेछन्। यस बाहेक, चिनेका किशोर किशोरीहरूलाई मनोनयन पनि गर्न सकिनेछ।  कम्पनीले पूर्वदेखि पश्चिमसम्म नेपालका विभिन्न ६२ सहरहरूमा किशोरकिशोरीहरूसँग अन्तरक्रिया गर्नेछ।

पहिलो चरणमा कुल आवेदनहरुको पहल, प्रभाव र उपलब्धिका आधारमा ग्लोकल २०अन्डर२० को छनोट गरिनेछ। त्यसपछि उनीहरुको दृष्टिकोण, कामको सुरुवात र प्रभावको आधारमा उत्क्रिस्थ ६ को छनोट हुनेछ र अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, मनोवृत्ति र दुरदर्सनको मापनको लागि अन्तर्वार्ता हुनेछ र ग्लोकल टीन हीरो नेपाल २०२३को बिजेता घोषणा गरिनेछ ।

नेपालबाट सन् २०१५ मा सुरु भई, काठमाडौंका किशोर किशोरीहरूलाई मात्र लक्षित गरेर पछि सन् २०१६ सम्ममा यसले नेपालका सबै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो। हालसम्म नेपालका आठ किशोर किशोरिहरुलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित गरिएको छ। अन्य दक्षिण एसियाली देशहरूमा आफ्नो क्षितिज विस्तार गर्ने परिकल्पनाका साथ, ग्लोकल टिन हिरोलाई भारतमा, श्रीलंकामा र त्यसपछि बंगलादेशमा क्रमशः २०१९, २०२० र २०२२ मा सुरु गरिएको थियो।

अन्तिम स्क्रीनिंग र साक्षात्कारका लागि निर्णायक टोलीमा गोल्छा ग्रुपकी निर्देशक सीमा गोल्छा, कोकाकोला कम्पनीका कन्ट्री निर्देशक आदर्श अवस्थी, ज्योतिग्रुप अफ कम्पनीका निर्देशक सौरभ ज्योति, नेपालका लागि प्रतिनिधि क्यारोलिन स्पन्नुथ वर्मा र युनिसेफ नेपाल रहनेछन् ।

ग्लोकल प्रालिले शीर्षक साझेदारको रूपमा गोल्छा ग्रुपसँग साझेदारी गरेको छस रणनीतिक साझेदारको रूपमा यूएनएचसीआर, युनिसेफ, संघीय गणतन्त्र जर्मनीको दूतावास, स पार्ट्नरका रुपमा होन्डा, कोका कोला, डब्ल्यूडब्ल्यूएफ नेपाल, टोयोटा, द् ब्रिटिश कलेज, पंचकन्याग्रुप, डिशहोम गो, काठमाडौं वर्ल्ड स्कूल र रियल् जुसस आधिकारिक होटल साझेदारको रूपमा द् सोल्टी काठमाडौस आतिथ्य पार्टनरमा सिद्धार्थ बिजनेश गु्रप अफ हसपीट्यालीटी र कोजी होमस एयरलाइन्स पार्टनरको रूपमा नेपाल एयरलाइन्स, क्याथे प्यासिफिक एयरवेज र एति एयरलाइन्सस शिक्षा पार्ट्नरमा किङ्स कलेजस पी आर साझेदारमा प्रिस्मा एडभरटाईजिंगस समर्थकमा भ्यू योर् चोइस रहेका छन्।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।