१५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न आँखुखोला जलविद्युतलाई स्वीकृती

Jun 04, 2023 10:16 AM Merolagani



विद्युत नियमन आयोगले आँखुखोला जलविद्युत कम्पनी (AKJCL) लाई १५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न स्वीकृती प्रदान गरेको छ।

आयोगले कम्पनीलाई हाल कायम १ कित्ता शेयर बराबर नयाँ १.५ कित्ता शेयर निष्काशन गर्न अनुमति दिएको हो। यस अनुसार कम्पनीले हाल कायम चुक्ता पूँजी ८० करोड रुपैयाँको १५० प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्नेछ।

जेठ १८ गते बसेको आयोगको बैठकले सो दरमा हकप्रद शेयर निष्काशन गर्ने अनुमति दिएको हो। आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो हकप्रद शेयर निष्काशन गरिनेछ।




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।