१५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न आँखुखोला जलविद्युतलाई स्वीकृती

Jun 04, 2023 10:16 AM Merolagani



विद्युत नियमन आयोगले आँखुखोला जलविद्युत कम्पनी (AKJCL) लाई १५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न स्वीकृती प्रदान गरेको छ।

आयोगले कम्पनीलाई हाल कायम १ कित्ता शेयर बराबर नयाँ १.५ कित्ता शेयर निष्काशन गर्न अनुमति दिएको हो। यस अनुसार कम्पनीले हाल कायम चुक्ता पूँजी ८० करोड रुपैयाँको १५० प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्नेछ।

जेठ १८ गते बसेको आयोगको बैठकले सो दरमा हकप्रद शेयर निष्काशन गर्ने अनुमति दिएको हो। आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो हकप्रद शेयर निष्काशन गरिनेछ।




सेयर बजारमा १० लाखको कारोबारदेखि ग्राहकको वास्तविक धनीसम्म निगरानी, सेबोनको नयाँ निर्देशन लागू

Oct 16, 2026 05:35 PM

सेयर बजारमार्फत हुने सम्पत्ति शुद्धीकरण र आतंककारी गतिविधिमा वित्तीय लगानी रोक्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नियमनको दायरा थप कसिलो बनाएको छ।