दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत, कुन कम्पनीकाे कति?

Jun 04, 2023 04:35 PM Merolagani



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोसन शेयर सूचीकृत भएको छ । आइतबार हिमालयन एभरेष्ट इन्स्योरेन्स (HEI) र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको संस्थाको बोसन शेयर सूचीकृत भएको हो ।

यस दिन हिमालयन एभरेष्ट इन्स्योरेन्सको ६ लाख १५ हजार ९८३ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले आफ्नो शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट २.७५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

यस्तै आरएमडिसी लघुवित्त वित्तीय संस्थाको संस्था (RMDC) को पनि ३२ लाख २६ हजार ७७२.४५ कित्ता बोनस शेयर सूचीकृत भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गरेको २६ प्रतिशत बराबरको उक्त बोनस शेयर नेप्स सूचीकृत भएको हो ।

दुबै कम्पनीको बोनस शेयर, सम्बन्धीत शेयरधनीहरुको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।