दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत, कुन कम्पनीकाे कति?

Jun 04, 2023 04:35 PM Merolagani



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोसन शेयर सूचीकृत भएको छ । आइतबार हिमालयन एभरेष्ट इन्स्योरेन्स (HEI) र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको संस्थाको बोसन शेयर सूचीकृत भएको हो ।

यस दिन हिमालयन एभरेष्ट इन्स्योरेन्सको ६ लाख १५ हजार ९८३ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले आफ्नो शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट २.७५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

यस्तै आरएमडिसी लघुवित्त वित्तीय संस्थाको संस्था (RMDC) को पनि ३२ लाख २६ हजार ७७२.४५ कित्ता बोनस शेयर सूचीकृत भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गरेको २६ प्रतिशत बराबरको उक्त बोनस शेयर नेप्स सूचीकृत भएको हो ।

दुबै कम्पनीको बोनस शेयर, सम्बन्धीत शेयरधनीहरुको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।




सुन र चाँदीको मूल्य घट्ने क्रम जारी

Oct 28, 2025 11:08 AM

कात्तिक ११ गते, मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यले घट्ने क्रमलाई निरन्तरता दिएको छ। यस दिन सुन प्रतितोला २ हजार ९०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा ६० रुपैयाँ घटेको छ।