शेयर लगानीकर्ताको ध्यान गभर्नर अधिकारीले ल्याउने मौद्रिक नीतितिर, गभर्नर अधिकारी मैनाली जस्तै बन्ने खतरा कति ?

Jun 06, 2023 06:24 AM Merolagani

पूँजीगत लाभकरको समस्या समाधान भएसँगै लगानीकर्ताको ध्यान मौद्रिक नीतितर्फ केन्द्रित भएको छ । सरकारले बजेटमार्फत थप ३९ प्रतिशतसम्म पुँजीगत लाभकरको व्यवस्था ल्याएजस्तै नेपाल राष्ट्र बैंकले पनि त्यस्तै किसिमको अस्थिर नीति त ल्याउने होइन ? भन्दै सशंकित भएका लगानीकर्ताको ध्यान राष्ट्र बैंकतर्फ तेर्सिएको हो ।

आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीकै बिशेष पहलमा पुँजीगत लाभकर थप लगाउन अर्थमन्त्री महत बाध्य पारिएको थियो । तर, लगानीकर्ताले मैनालीको सातो जाने गरी आन्दोलनलाई चर्काएपछि उनी अन्तत त्यस्तो निर्णयबाट ‘ब्याक’ हुन पुगेका थिए । बैचारिक हिसावले अधिकारी र मैनाली एकै भएकाले  बजेटमा आएकाे लाभकर नालीबेली अधिकारीसम्म पुगेकाेमा लगानीकर्ता त्रसित छन् ।

बजेट पछि अर्थ मन्त्रालयले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा लाभकरकाे बिषय उठेपछि मैनालीले दिनु पर्ने जवाफ स्वयं गर्भनरले दिएकाे लाइभ कार्यक्रममा समेत देखिएकाे थियाे । याे घटनापछि लगानीकर्ता झस्किएका थिए ।

यतिबेला नेपाल राष्ट्र बैंक मौद्रिक नीति निर्माण गर्ने काममा जुटेको छ । औपचारिक रुपमा नै मौद्रिक नीतिको सुझाव सोमबारदेखि मागेकाले पनि राष्ट्र बैंकको ध्यान मौद्रिक नीति निर्माणतर्फ केद्रित भएको प्रष्ट हुन्छ ।

अर्थ मन्त्रालयले आगामी वर्षको बजेट सार्वजनिक गरिसकेको छ र राष्ट्र बैंकले सरकारको त्यही वित्त नीतिलाई टेकेर मौद्रिक नीति ल्याउने तयारी गरिरहेको छ । गत वर्ष नेपाल राष्ट्र बैंकले साउन ६ गते मौद्रिक नीति ल्याएको थियो । अहिले पनि साउनको पहिलो साता भित्र ल्याउने तयारी राष्ट्र बैंकले गरेको छ ।

राष्ट्र बैंकले अर्को महिना अर्थात असार १० गतेभित्र मौद्रिक नीतिको सुझाव पेश गर्न आग्रह गरेको छ । मौद्रिक नीतिको खाका कोर्दै जाने र आएका सुझावलाई समेत समेटेर मौद्रिक नीति निर्माण गर्ने तयारीमा राष्ट्र बैंक पुगेको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि सरकारले बजेट मार्फत लिएको गलत नीतिलाई लगानीकर्ताले उल्टाइ दिएको बिषयको जानकारी पक्कै पनि हुनुपर्छ । शेयर बजारलाई प्रभावित पार्ने नीतिका बिरुद्ध उठेका लगानीकर्ताले चार दिनमा नै सरकारलाई घुँडा टेकाउने काम गरेका थिए ।
गभर्नर अधिकारीले पनि बजारलाई प्रभाव पार्ने नीतिगत निर्णय लिए भने लगानीकर्ताले त्यसैगरी ‘आइ लाग्नेमाथि जाइ लाग्न’ सक्छन् । त्यसैले पनि गभर्नर अधिकारीले यसपालीको मौद्रिक नीति कुशलतापूर्वक ल्याउनु पर्ने देखिन्छ ।

लगानीकर्ताको चासो १२ करोड ‘क्याप’ तिर

राष्ट्र बैंक आगामी मौद्रिक नीतिमा जुटिरहेको बेला लगानीकर्ताको ध्यान १२ करोडको ‘क्याप’ मा केन्द्रित भएको छ । आगामी वर्षको मौद्रिक नीतिले १२ करोडको नीति यथावत राख्ला कि, खुकुलो बनाउला कि वा हटाउला भन्ने बारेमा कौतुहलता लगानीकर्तामा जागेको छ ।

धेरैजसो लगानीकर्ता १२ को नीति परिवर्तन नगर्ने हो भने गभर्नर अधिकारीले पनि मैनालीकै जस्तै हबिगत भोग्नु पर्ने बताउँछन् । केही लगानीकर्ताले भने गभर्नर अधिकारीले आफ्नो हठ नछोडने भएकाले १२ करोडको सिमालाई यथावत राख्न सक्ने बताउँछन् ।

गभर्नर अधिकारीले ल्याएको १२ को नीतिपछि शेयर बजार ‘पेनिक’ बन्दै आएको छ । करिव ३२ सय विन्दु नजिक पुगेको नेप्से अहिले १९०१.९९ विन्दुमा आइपुगेको छ ।

गभर्नर अधिकारी मैनाली बन्ने कि महत ?

विभागका महानिर्देशक मैनालीले थप पूँजीगत लाभकर लगाउँदा फरक नपर्ने भनेपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले थप पूँजीगत लाभकर लगाउने तहमा पुगेका थिए । तर, लगानीकर्ताले आन्दोलन छेडेपछि अर्थमन्त्री ‘ब्याक’ हुन पुगेका थिए ।

अर्थमन्त्री महत ‘लचक’ भएका कारण पूँजीगत लाभकर बिबाद ‘सेफ ल्याडिङ’ मा पुगेको थियो । 

मुलुकको आर्थिक अवस्थाप्रति चिन्तित देखिएका अर्थमन्त्रीले महतले बजेट निर्माणकै क्रममा स्रोत व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने बिषयमा मैनालीसँग सुझाव लिएका थिए । मैनालीले अर्थमन्त्री महतलाई शेयर बजार र घरजग्गामा पुँजीगत लाभकरमा थप गर्दा स्रोतको व्यवस्थापनमा गर्न सकिने सुझाव दिएका भरमा थप पूँजीगत लाभकर लगाउन अर्थमन्त्री तयार भएका थिए ।

त्याे बेला सुझाव माने  पनि गभर्नर अधिकारी र मैनालीकाे कारण सरकार बदनाम भएकाे कुरा निकटस्थहरूले  अर्थमन्त्रीलाई सुनाउने गरेका छन् । याे बिषयलाई अर्थ मन्त्रीले समेत नाेटिस गरेकाे श्राेत बताउँछ ।

१७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याउने तयारी गरिरहेका अर्थमन्त्रीलाई स्रोत व्यवस्थापन गर्न कठिन भएको थियो । राजश्वबाट १२ खर्ब ४८ अर्ब ६३ करोड जुटाउने लक्ष्य बजेटमा लिइएको थियो । त्यसै अनुसार अर्थमन्त्री महतले पनि शेयर बजार र घरजग्गामा थप लाभकर लगाउने अवस्थामा पुगेका थिए ।

अर्थमन्त्रीले बजेटमा त्यस्तो व्यवस्था गरेको भोलि पल्ट नै लगानीकर्ताले आन्दोलन गर्न सुरु गरे ।

लगानीकर्ताले आन्दोलन सहित व्यापक दबाब दिन थालेपछि अर्थमन्त्री महतले मैनालीलाई यो समस्याको समाधान गर्न निर्देशन दिए । अर्थमन्त्री महतको कडा निर्देशन र आन्दोलनरत लगानीकर्ताको व्यापक दबाबपछि मैनालीले थप पूँजीगत लाभकर नलाग्ने र पुरानै अनुसार हुने व्यवस्था गरे ।

दीर्घकालीन लगानीकर्ताका लागि ५ प्रतिशत र अल्पकालिन लगानीकर्ताका लागि ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम हुने भनेर सूचना जारी गरियो । त्यसपछि लगानीकर्ताले पनि आन्दोलनको भारी बिसाए ।

राष्ट्र बैंकका गभर्नर अधिकारीले पनि बजारलाई अस्थिर बनाउने १२ करोडको सिमालाई यथावत राखे र अन्य यस्तै कठोर नीति ल्याए भने उनले पनि मैनालीको नियत भोग्नु पर्ने हुन सक्छ । यसतर्फ गभर्नर पहिले नै सतर्क भएर मौद्रिक नीति ल्याउनु बुद्धिमत्ता हुनेछ ।

comments powered by Disqus

गभर्नरले राष्ट्र बैककै विभागीय प्रमुखहरूसँग मागे शेयर कर्जा सीमा कति बढाउने भन्ने सुझाव,फेस सेभिङकाे मुडमा गभर्नर

Sep 29, 2023 06:01 PM

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी यतिखेर चर्को दबाबमा देखिएका छन्। सरकारदेखि प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमालेका अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले समेत सार्वजनिक मञ्चबाटै राष्ट्र बैंकसँग कुरा गर्ने भनेपछि उनी थप दबाबमा देखिएका हुन्।