हकप्रद शेयर निष्काशन प्रस्ताव पारित गर्न सिंगटी हाइड्रो इनर्जीले बोलायो साधारण सभा

Jun 06, 2023 09:53 AM Merolagani



सिंगटी हाइड्रो इनर्जी लिमिटेड (SHEL) ले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले असार १३ गते, धुम्रबराह भेन्यु, धुम्बाराही, काठमाडौँमा बाह्रौँ र तेह्रौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने, सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, समूह क बाट ४ जना र समूह ख बाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले जेठ ३१ गते बुधबार एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार जेठ ३० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।