कनेक्ट आईपीएसको इन्स्याेरेन्स प्रिमियम भुक्तानी २०८० को क्यासब्याक अफर

Jun 19, 2023 01:59 PM Merolagani



कनेक्ट आईपीएसले असार ३ गतेदेखि ३० गतेसम्म लागू हुने गरी "इन्स्याेरेन्स प्रिमियम पेमेन्ट २०८० क्यासब्याक"(“Insurance Premium Payment 2080 Cashback”)अफर सार्वजनिक गरेको छ ।

यस आकर्षक अफर अन्तर्गत कनेक्ट आईपीएस मार्फत लाईफ इन्स्याेरेन्स कम्पनीको प्रिमियम भुक्तानी गर्दा हरेक हप्ता १० जना भाग्यशाली प्रयोगकर्ताले २०.८०% (अधिकतम २ हजार ८० रूपैयाँ) क्यासब्याक प्राप्त गर्न सक्नेछन् भने अफरको अन्त्यमा एक जना भाग्यशाली विजेताले २० हजार ८० रूपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

लक्की ड्र मार्फत हरेक हप्ता छानिएका भाग्यशाली विजेताहरुको जानकारी एनसीएचएलको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिने छ । कनेक्ट आईपीएसको वेब, मोबाइल एप तथा इन्स्युरेन्स कम्पनीको वेबसाइटमा जोडिएको कनेक्ट आईपीएस गेटवे मार्फत गरिएको लाइफ इन्स्युरेन्स सम्बन्धी प्रिमियम भुक्तानीमा मात्र सो अफर लागू हुनेछ ।

कनेक्ट आईपीएस, बैंकका ग्राहकहरुका लागि एकै प्ल्याट्फर्म मार्फत एक भन्दा बढी खाता लिंक गरी फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ती एक सजिलो माध्यम हो । कनेक्ट आईपीएसको वेब मार्फत प्रति कारोबार २० लाख रूपैयाँसम्म र यसको मोबाइल एप मार्फत प्रति कारोबार २ लाख सम्मको भुक्तानी गर्न सकिन्छ । यस मार्फत मोबाइल रिचार्ज, बिजुलीको बिल, टेलिफोनको बिल, इन्टरनेटको बिल, स्कुल फी, हायर पर्चेज, सरकारी राजस्व, लोकसेवा, ट्राफिक फाइन, शेयर कारोबार, ल्भ्एब्ीएब्थ् त्तच् लगायतका थुप्रै प्रकारका भुक्तानीहरु गर्न सकिन्छ । अयललभअतक्ष्एक् मार्फत चालु आर्थिक वर्षको जेठ मसान्त सम्म ५२ सदस्य बैंक वित्तीय संस्था मार्फत रु. ३,६२६ अर्ब बराबरको ४ करोड ५० लाख भन्दा बढी भुक्तानी कारोबार फर्छ्याैट भइसकेको छ ।




comments powered by Disqus