राष्ट्र बैंकले पूँजी बजार बिकासका सुझावलाई सम्बोधन गर्छः गभर्नर

Jun 19, 2023 05:21 PM MEROLAGANI



गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले पूँजी बजार बिकास सम्बन्धी सुझावहरुलाई सकारात्मक रुपमा लिएर सम्बोधन गर्ने बताएका छन् ।

लगानीकर्ताहरुका तर्फबाट पूँजी बजारसम्बन्धी एकीकृत सुझाव ग्रहण गर्दै गभर्नर अधिकारीले सकारात्मक सुझावहरु समेटेर मौद्रिक नीति आउने बताए ।

नेपाल स्टक एक्सचेन्जको स्थापना कालदेखि नै राष्ट्र बैंकले पुँजी बजार बिकासको काममा सहयोग गरेको उल्लेख गर्दै अधिकारीले नयाँ परिबेशमा पूँजी बजारलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने बारेमा विचार विमर्श भईरहेकाले आउने मौद्रिक नीतिमा केही कुरा समाबेश हुनसक्ने संकेत गरे ।

सेयर धितो कर्जामा १ सय ५१ ठूला ऋणीहरुले लिएको कर्जा चुक्ता भई सामान्य अवस्थामा आईसकेको जानकारी दिदै ब्रोकर मार्फत मार्जिन ट्रेडिड. ब्यवस्थित रुपमा कार्यान्वयनमा ल्याउने गरी छलफल अगाडि बढाईएको बताए  ।

साँसद हरि ढकालले गभर्नरप्रति अनेक लान्छना लगाउनेहरुलाई जवाफ दिने गरी मौद्रिक नीति आउनुपर्नेमा जोड दिए ।

लगानीकर्ता तिलक कोइरालाले पूँजी बजारका तर्फबाट ८ बुँदे सुझाव पत्र पस्तुत गर्दै राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सम्बोधन गर्ने आशा ब्यक्त गरे ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।