पूर्व बैंकर रविना देशराज श्रेष्ठले गरिन् विवाह, हेर्नुहाेस् तस्बिर

Jun 22, 2023 02:34 PM Merolagani



पूर्व बैंकर रविना देशराज श्रेष्ठले लगनगाँठो कसेकी छिन् । उनले प्रेमी स्टुआर्ट एलेक्जेन्डर च्यापम्यानसँग विवाह गरेकी हुन् ।

बिहीबार निकट साथीभाइ तथा आफन्तकाबीच उनीहरू विवाह बन्धनमा बाँधिएका हुन् । 

प्रसन्न मुद्रामा देखिएका यी जोडीलाई रविनाका छोरा आयुष्मान देशराज श्रेष्ठ जोशी, बुहारी प्रियंका कार्की, कान्छा छोरा आशिरमान देशराज श्रेष्ठ जोशीले साथ दिइरहेका देखिन्छन् । रविना राताे  लेहेंगामा सजिएकी छिन् भने स्टुआर्ट सेताे र राताे पहिरनमा विवाहमा देखिए । हिन्दु परम्परा अनुसार उनीहरूले धुमधामसँग विवाह गरेका छन् ।

यसैगरी, माेडल परमिता राणा र निरिशा बस्नेत पनि रविनाकाे विवाहमा रमाइरहेकाे देख्न सकिन्छ ।  विवाहका लागि नै स्टुआर्टकी छोरी इसाबेला च्यापमान पनि यतिबेला आफ्नी छोरी लिएर नेपाल आइपुगेकी छिन् ।यसैगरी, स्टुआर्टका छाेरा एलेक्जेन्डर च्यापम्यान पनि बेहुलाकासाथमा देखिएका छन् ।

बेलायती नागरकि स्टुआर्ट विश्व वन्यजन्तु कोषमा कार्यरत छन्। गत वर्षको भ्यालेन्टाइन डेमा रवीनालाई प्रेमी स्टुआर्ट एलेक्जेन्डर च्यापम्यानले विवाहको प्रस्ताव राखेका थिए। रविनाले इन्स्टाग्राममार्फत आफ्नो ईन्गेजमेन्टको जानकारी दिएकी थिइन् ।

केही समय अघि सेलिब्रिटी बैंकरका रूपमा परिचित रविनाले मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएकी थिइन् ।




comments powered by Disqus

अझै पनि मर्जरको तयारीमा छन् यी बैंकहरु, तीन बैंकले पारित गरे मर्जरको एजेन्डा, अर्को एक बैंकको विशेष प्रस्ताव पनि मर्जर नै

Dec 31, 2024 10:59 AM

बाबुकृष्ण महर्जन
३२ वटाको संख्यामा रहेका वाणिज्य बैंकहरु २० वटामा झरिसकेका छन । गत वर्ष बिग मर्जरमा सहभागी नभएका वाणिज्य बैंकहरु अझै पनि सही पार्टनर भेटेमा बिग मर्जर गर्ने तयारीमा लागेका छन् । बिग मर्जर गरिसकेका बैंक पनि सही पार्टनर भेटिएमा मर्जर गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराएका छन् ।