नेपाली आकाश असुरक्षित बन्दै, बुद्ध एयरमा प्राविधिक समस्या देखिएपछि काठमाडाैं फर्काइयाे

Jul 14, 2023 03:50 PM Merolagani



पछिल्लाे समय नेपाली आकाश असुरक्षित बन्दै गएकाे छ । साेमबार मनाङ एयरकाे हेलिकप्टर दुर्घटना हुँदा ६ जनाकाे निधन भयाे । अहिले प्रत्येक केहि दिनमा विमानमा समस्या आएकाे सुनिरहन पाइन्छ ।साेहि क्रममा शुक्रबार पनि बुद्ध एयरकाे विमानमा पनि प्राविधिक समस्या देखिएकाे छ।

काठमाडाैंबाट झापाको चन्द्रगढीकालागि उडेको बुद्ध एयरको ९५५ नम्बरको विमानमा समस्या देखिएकाे हाे । उक्त विमान ६६ जना यात्रु बाेकेर भद्रपुरका लागि १ः५३ मा उडेको थियाे ।

विमानमा इण्डिकेसनको समस्या देखिएकाले पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर सवा २ बजेर १० मिनेटमा अवतरण गरिएको थियाे । उक्त विमानले १५ माइल ९२४ किलोमिटरकाे उडान भरे पश्चात इन्डिकेशनमा समस्या देखिएको थियो । 

 

यात्रुहरूलाई अर्को जहाजबाट झापा पठाउने तयारी भइरहेको छ । खराबी देखिएपछि सो विमानलाई परिक्षणकालागि ग्राउण्डेड गरिएकाे छ । अब साे विमानकाे परिक्षण नसकिएसम्म उड्न पाउने छैन।




comments powered by Disqus

अझै पनि मर्जरको तयारीमा छन् यी बैंकहरु, तीन बैंकले पारित गरे मर्जरको एजेन्डा, अर्को एक बैंकको विशेष प्रस्ताव पनि मर्जर नै

Dec 31, 2024 10:59 AM

बाबुकृष्ण महर्जन
३२ वटाको संख्यामा रहेका वाणिज्य बैंकहरु २० वटामा झरिसकेका छन । गत वर्ष बिग मर्जरमा सहभागी नभएका वाणिज्य बैंकहरु अझै पनि सही पार्टनर भेटेमा बिग मर्जर गर्ने तयारीमा लागेका छन् । बिग मर्जर गरिसकेका बैंक पनि सही पार्टनर भेटिएमा मर्जर गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराएका छन् ।