दुई कम्पनीको शेयरमूल्य समायोजन

Jul 28, 2023 06:04 AM Merolagani



साउन १२ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेले मल्टीपर्पस फाइनान्स (MPFL) र सिनर्जी पावर डेभलपमेन्टको शेयरमूल्य समायोजन गरेको हो।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ यी दुई कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन मल्टीपर्पसको ३५ प्रतिशत र सिनर्जीको ५० प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो। समायोजनपश्चात मल्टीपर्पसको शेयरमूल्य ३१८ रुपैयाँ ३७ पैसा कायम भएको छ भने सिजर्नीको २०३ रुपैयाँ ३३ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार, मल्टीपर्पसको शेयर प्रतिकित्ता ३९४ रुपैयाँ ८० पैसा र सिनर्जीको शेयर प्रतिकित्ता २५५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

मल्टीपर्पस फाइनान्सले १ बराबर ०.३५ अनुपातमा हकप्रद निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ। यस अनुसार फाइनान्सले १५ करोड ८२ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १५ लाख ८२ हजार कित्ता शेयर निष्काशन गर्नेछ।

त्यसैगरी, सिनर्जी (SPDL) ले चुक्ता पूँजीको ५० प्रतिशत अर्थात हाल कायम २ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले कुल ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद बिक्रीमा ल्याउनेछ।

कम्पनीले १० मेगावाट क्षमताको दोलखा जिल्लामा निर्माणाधिन सिप्रिङ खोला जलविद्युत आयोजना प्रबर्द्धन गर्न हकप्रद शेयर निष्काशन गर्न लागेको हो।