एनआरएन इन्फ्रास्ट्रक्चर र शिवम् सिमेन्ट्सको मूल्य समायोजन

Nov 27, 2025 06:27 AM Merolagani



मंसिर ११ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट (NRN) र शिवम् सिमेन्ट्सको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले एनआरएनको ४० प्रतिशत र शिवम् (SHIVM) काे २.५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात एनआरएनको शेयरमूल्य १ हजार ३८२ रुपैयाँ २१ पैसा कायम भएको छ भने शिवम् सिमेन्ट्सको ६०० रुपैयाँ ३९ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार, दोस्रो बजारमा एनआरएनको शेयर प्रतिकित्ता १ हजार ९३५ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको थियो भने शिवम् सिमेन्ट्सको शेयर प्रतिकित्ता ६१५ रुपेयाँ ४० पैसामा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।

एनआरएनले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ २.१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। सो लाभांश पारित गर्न कम्पनीले पुस ४ गते, शुक्रबार, आम्रपाली ब्यान्क्वेट, थिरबम सडक, काठमाडौँमा बिहान ९ बजे १३ औँ वार्षिक साधारण सभा बोलाएको छ।

सो सभाले लाभांशका साथै बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

त्यस्तै, शिवम् ले हाल कायम चुक्ता पूँजीको २.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न मंसिर २५ गते, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा दशौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे १० बजे सुरु हुनेछ।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।