शर्त सहित लिवर्टी इनर्जीलाई हकप्रद निष्काशन गर्न विद्युत नियमन आयोगको स्वीकृति

Aug 03, 2023 11:43 AM Merolagani



विद्युत नियमन आयोगले लिवर्टी इनर्जी कम्पनी लिमिटेड (LEC) लाई हकप्रद शेयर निष्काशन गर्न स्वीकृति सहमति प्रदान गरेको छ । आयोगको साउन १५ गते सबेको बैठकले कम्पनीलाई पाँच शर्त सहित हकप्रद निष्काशन गर्न स्वीकृति प्रदान गरेको हो ।

आयोगले कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँको ५० प्रतिशतले हुन आउने ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

५० प्रतिशत हकप्रद शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।

हकप्रद निष्काशन गर्न आयोगले राखेको शर्तहरु यस्ता छन् ।

१. प्रचलित कानुन बमोजिम अनुमतिपत्र जारी गर्ने निकाय तथा अन्य निकायबाट सहमति लिनुपर्ने भएमा सो लिई आयोगलाई जानकारी गराउनु पर्नेछ।

२. प्रचलित कानुन बमोजिम लाभकर लगायत अन्य कर बुझाउनु पर्ने भएमा सम्बन्धित निकायमा
सो कर बुझाउनुपर्नेछ ।

३. कम्पनीले आयोगबाट समय समयमा जारी भएको मापदण्ड, संहिता तथा संस्थागत सुशासन
सम्बन्धि निर्देशन पालना गर्नुपर्नेछ।

४. त्यहाँ अन्तर्गतका शेयरधनीहरु मध्ये कुनै शेयरधनी विद्युत सम्बन्धी आयोजना बनाई नेप्सेमा सुचीकृत कम्पनी भएमा हकप्रद शेयर जारी गरी लगानी गर्ने भएमा आयोगको पूर्व स्वीकृति लिनुपर्नेछ ।

५. आयोगले ऐन,नियमावली, विनियमावली र निर्देशिका बमोजिम कार्यान्वयन गर्न र निर्दिष्ट विषय सम्पादन गर्न समय-समयमा आदेश वा परिपत्र जारी गर्दा सोको परिपालना कम्पनीले गर्नुपर्नेछ ।




comments powered by Disqus

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

Sep 06, 2024 01:45 PM

एभरेष्ट बैंक लिमिटेड (EBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।