११ अर्ब खुद ब्याज आम्दानी गरेपनि किन घट्यो कुमारी बैंकको खुद नाफा?

Aug 06, 2023 05:53 AM Merolagani

कुमारी बैंक लिमिटेड (KBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १ अर्ब ९५ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.१४ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ५७ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७७.११ प्रतिशत बढेर ११ अर्ब १ करोड १३ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ६४.०६ प्रतिशत बढेर १३ अर्ब २ करोड ८२ लाख रुपैयाँ पुगेको छ। यद्यपि, बैंकको निष्क्रिय कर्जा उल्लेख्य बढेसँगै इम्पेरमेन्ट चार्जमा ५ अर्ब ७३ करोड ५८ लाख रुपैयाँ छुट्याउँदा बैंकको सञ्चालन मुनाफा र खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा १.११ प्रतिशतबाट बढेर ४.७७ प्रतिशत पुगेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा ८४ करोड ८३ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर सामान्य आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १० रुपैयाँ ७ पैसा घटेर ७ रुपैयाँ ४६ पैसामा झरेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २२.१२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ ४७ पैसा रहेको छ।

२६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १० अर्ब ६१ करोड ३३ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप ७८.७९ प्रतिशत बढेको छ भने कर्जा लगानी ७७.३५ प्रतिशत बढेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।