जसअनुसार कम्पनीले वाटरप्रुफिङ, रिपेयर तथा एडमिक्सर सलुशन्स बजारमा लिएर आएको छ । वृज एडिटिभ्सले शुक्रबार काठमाडौँको सोल्टीमोडमा रहेको हायात प्यालेसमा भब्य कार्यक्रम गरि यी उत्पादनहरूको औपचारिक रुपमा बजारमा ल्याएको घोषणा गरेको हो ।
वाटर प्रुफिङ्गका लागी कम्पनीले ल्याएको वेदर प्रोप्लस २५०रब्रिज सेफक्रेटले घरलाई पानीले पु–याउने क्षतिबाट बचाउने बताइएको छ । साथै पीलर, बीम, स्ल्याब र स्टिललाई खिया आदिबाट जोगाइ निर्माणलाइ मजबुत र दिगोपन प्रदान गर्ने कम्पनीको भनाइ छ ।
यसका अतिरिक्त कम्पनीले सिल्कन फ्लोमिक्स पीसी ३५०, पीसी ४५०, पीसी ५५० र अल्ट्रा १०० पनि ल्याएको छ ।
कार्यक्रममा केडिया अर्गनाइजेसनका अध्यक्ष तारा चन्द केडियाले उपस्थित सम्पूर्णमा स्वागत मन्तब्य ब्यक्त गर्दै उत्पादित बस्तुले ग्रहाक तथा निर्माणकर्मीहरुको मन जित्ने आशा ब्यक्त गरिन् ।
कलाकार जितु नेपाल ‘मुन्दे्र’ ले प्रस्तुती समेत रहेको कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारी र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव विश्वबाबु पुडासैनी, रेलवे विभागका महार्निदेशक रोहित बिसुराल, सिंचाई विभागका महार्निदेशक सुशील आचार्य तथा निर्माणकर्मी, इन्जिनियर, कंक्रिड उत्पादनकर्ता र संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।