नेप्सेले यस दिन कम्पनीको १०० प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य २४३ रुपैयाँ ५ पैसा कायम गरिएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार, दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता ३८६ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको थियो।
कम्पनीले १ः१ को अनुपात अर्थात १ कित्ता शेयर बराबर १ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो। कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरले हुने १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।
हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ। शत प्रतिशत हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ।
कम्पनीको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेका छन्।